कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
फागुन २९, २०७४
काठमाडौं, २९ फागुन — ‘म एकजना साथीसँग यात्रा गरिरहेको थिएँ । विमान ओर्लनै लाग्दा देब्रेतिर मोडिन थाल्यो । मानिसहरू चिच्याउन थाले । हामीले पछिल्तिर हेर्दा विमानमा आगो लागेको थियो,’ बंगलादेशी नागरिक शाहरीन अहमद भन्छिन् । उनी विमान दुर्घटनामा बाँचेका एक भाग्यमानी यात्रु हुन् ।
शाहरीनलाई अहिले काठमाडौं मेडिकल कलेजमा आगोले डढेको उपचार चलिरहेको छ ।
‘मेरो साथीले मलाई उसभन्दा अगाडि दौडन भन्यो । तर हामी दौडिरहँदा उसलाई आगोले समात्यो । ऊ लड्यो । मानिसहरू डढिरहेका, चिच्याइरहेका अनि लडिरहेका थिए । तीनजना त बलिरहेको विमानबाट हाम्फाले । डरलाग्दो दृश्य थियो । सौभाग्यवश कसैले मलाई तान्यो र म सुरक्षित भएँ,’ शाहरीनले भनिन् ।
शाहरीन एक शिक्षक हुन् र उनले काठमाडौं तथा पोखरा घुम्ने योजना बनाएकी थिइन् ।
‘उनको दाहिने गोडामा लिस्फ्रांक चोट छ । हामीले गोडालाई कास्टमा हालेका छन् । उनको सुन्निएको गोडा ठकि भएपछि शल्यक्रिया गर्नेछौं । उनको ढाडमा पनि १८ प्रतिशत भाग जलेको छ,’ अस्पतालका अर्थोरेजिडेन्ट डा नाजिर खानले भने ।
अर्का बंगलादेशी नागरिक मेहदी हसन पहिलोचोटि हवाईयात्रा गरिरहेका थिए । उनकी श्रीमती, दाइ र छोरी पनि विमानमा थिए ।
‘मेरो सीट पछिल्तिर थियो । मैले आगो लागेको देखेपछि परिवारलाई खोज्न थालें । हामीले झ्याल फुटाउन खोज्यौं तर सकेनौं । हामीहरू कसैले हाम्रो उद्धार गरिदेला भनी कुरिबस्यौं । मेरी श्रीमतीको र मेरो उद्धार भयो तर मेरो दाइ र उसकी छोरी अझै हराइरहेका छन्,’ उनले बताइन् ।
द डेली स्टारबाट
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...