×

NMB BANK
NIC ASIA

छोरी भेट्न गएकी गुल्जारी शव लिएर फर्किइन् (भिडियोसहित)

फागुन २९, २०७४

NTC
Premier Steels

विराटनगर, २९ फागुन– मोरङ कटहरी गाउँपालिका–१ जम्टोकीकी गुल्जारी चौधरी शुक्रबार विहान घरको काम काजमा व्यस्त थिइन् ।

Muktinath Bank

गाउँकै जयप्रकाश राजवंशीले घरमै आएर तत्काल नै काठमाडौं जानुपर्ने खबर सुनाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंसँग गुल्जारीको विशेष साइनो थियो । 


Advertisment
Nabil box
Kumari

१६ वर्षीय कान्छी छोरी आइसा गरिबीका कारण काठमाडौंमा घरेलु कामदारको रुपमा काम गर्थिन् । 

Vianet communication

११ महिना अघि छोरी आइसालाई विराटनगरका केशव सिलवालको परिवारले ललितपुरको महालक्ष्मी नगरपालिका–३ बस्ने छोरी–ज्वाँइ विनय दाहाल र लीना सिलवाल (दाहाल) को घरमा घरेलु कामदारका रुपमा काम गर्न पठाउन प्रस्ताव गरे । 

चार वर्षअघि श्रीमान वितेपछि घर व्यवहार सम्हाल्दै आएकी गुल्जारी जम्टोकीको सुकुम्बासी वस्तीमा बस्छिन् । छोरीले पढ्न पाउने, मिठो खान र राम्रो लगाउन पनि पाउने भएपछि गुल्जारीले केशव सिलवालको प्रस्तावलाई स्विकार गरिन् । चार छोरी र दुई छोरा मध्ये आइसा कान्छी छोरी हुन् । 

००००

दुई छाक खान समेत धौं धौको अवस्थामा रहेकी गुल्जारीलाई तत्काल काठमाडौं जानुपर्ने भयो । साथमा पैसा पनि थिएन्  । तर, घरमै आएर राजवंशीले आज नै काठमाडौं जानु पर्ने भयो छोरीले बदमासी गरिन् भनेपछि आमाको मन झस्कियो । 

गुल्जारीलाई काठमाडौं आउन पनि समस्या भएन किनकी उनलाई प्लेनमा काठमाडौं आउने व्यवस्था मिलाइएको थियो । ‘छोरीले सुनचाँदी, गरगहना र पैसा चोरेको कारण प्रहरीमा राखेको छ’ यसो भन्दै मलाई जहाजमा चढाएर काठमाडौं लगे, गुल्जारीले भनिन् । 

शुक्रबार दिउँसै काठमाडौं आइपुगेपनि गुल्जारीको कान्छी छोरी आइसासँग भेटघाट भएन । चोरी गरेका कारण प्रहरीकहाँ लगिएको उनलाई मोरङमै सुनाइएको थियो । 

कहाली लाग्दो शनिवार

छोरीले गल्ति गरेकी भए सम्झाई–बुझाई गरुला भन्ने सोचेकी गुल्जारीलाई पाटन अस्पतालको शवगृहमा लगियो । सोझी गुल्जारीले शुरुमा अस्पतालको शव गृहबारे बुझिनन् । 

शव बाट सेतो कपडा निकेलेपछि मात्र गुल्जारी सितांग भइन् । चोरी गरेका कारण प्रहरीका लगिएकी भनिएकी छोरी उनकै अगाडि आखा चिम्लिएर निदाएकी थिइन्, कहिल्यै नउठ्ने गरी । 

उनको बोली बन्द भयो । 

खुट्टा चलेनन् । 

रुन पनि सकिनन् । 

कान्छी छोरीको लाशमा हेरिमात्र रहिन् । 

‘छोरीको शरीरमा डाम थियो, हातमा काटेको जस्तो देखे मलाई धेरै डर लाग्यो’ गुल्जारीले लोकान्तरसँग भनिन्, ‘मेरो बोलि नै फुटेन ।’

००००

छोरीले चोरी गरि भनेर आफूलाई झुक्याएर काठमाडौं ल्याएर छोरीको लाश जिम्मा लगाउन लागेको बारे गुल्जारीले बल्ल पत्तो पाइन् । 

छोरीलाई के भयो र किन मरिन् भन्ने गुल्जारीले थाहा पाउनु पूर्व प्रहरीले दिएको कागजमा सही गर्न लगाए र छोरीको लासलाई बाकसमा हालेर एम्बुलेन्स चढाएर पठाइदिए । ‘यहाँ सही गर भने’ गुल्जारीले भनिन्,‘मैले मानिन्, छोरीले आत्महत्या गरि भन्दै सही गराए ।’

आफू गरिब भएका कारण जबरजस्ती गरेकोमा उनले दुख पोखिन् । एउटा कुरा भनेर अर्कै कुरा देखाएको भन्दै उनमा आक्रोश थियो । 
 
गाउँ नै स्तब्ध 

जम्टोकीको सुकुम्बासी बस्तीमा न्यून आर्थिक अवस्थाका सयौं परिवारको वसोवास छ । त्यही बस्तीमा गुलजारी गुजारा चलाउँदै आएकी थिइन् । 

पहिलेदेखि नै घरेलु कामदारका रुपमा काम गर्दै आएकी आइसालाई घरको कामकाजसँगै पढाइदिने भन्दै काठमाडौं लगिएको छिमेकीहरुले बताएका छन् । तर तिनै बालिकाको शव शनिबार विहानै फिर्ता आएपछि यो टोलको सुकुम्बासी बस्ती स्तब्ध बन्यो । 

सबैका आँखामा आँसु छचल्किए । घरमा पनि यस बिषयमा कसैलाई जानकारी नै दिईएको थिएन । काठमाडौ गएको बिषयसम्म थाहा पाएका उनीहरुले छोरी भेट्न गएको महसुस गरेका थिए । मृतक बालिकाकी माईजु आशा र दिदी कविताले पटक पटक नसोधेका पनि हैनन् तर लीनाले केही भन्नै नचाहेको उनीहरुले बताए । 

वविताका अनुसार, लगातार फोन गरेपछि मात्रै सुन्न सक्छेस् भनेर सोधिन्, मैले सक्छु भनें, अनि मरिसक्यो भने ।

हत्या कि मृत्यु ?

गुल्जारी चौधरीलाई फिल्मी शैलीमा एकाएक काठमाडौ बोलाईनु अनी त्यहाँ हुँदा पनि जानकारी नै नदिनुले बालिकालाई हत्या भएको हुनसक्ने आफन्तको आशंका छ । 

शरीरभरी नीलडाम र हातमा विभिन्न ठाउँमा काटिएको चोटपटक देखिएको भन्दै आफन्त र शव देख्नेले स्वभाविक मृत्यु मानेका छैनन् । 

घटनाको अनुसन्धानमा संलग्न ललितपुरको सातदोबाटो प्रहरीले आत्माहत्याबाटै मृत्यु भएको जनाएको छ ।  तर आफन्तहरुले भने रहस्यमय तरिकाले काठमाडौं बोलाएर जबरजस्ती लास जिम्मा लगाएर पठाएकोले प्रहरीकै मिलेमतोमा घटना ढाकछोप भएको दाबी गरेका छन् ।

पन्छिइन् लिना ?

आइसालाई पढाउने र उनले खाली समयमा कम गर्नुपर्ने भन्दै आफ्नो घरमा ल्याएकी घर धनी लिना सिलवालसँग घटनाबारे बुझ्न खोज्दा प्रहरीलाई सोध्नु भन्ने जवाफ दिइन् । पटक पटकको प्रयासपछि उनले घटनाको दिन आफू घरमा नभएको र छिमेकीहरुले घरभित्र मान्छे झुण्डिएको देखेर खबर गरेपछि मात्र थाहा पाएको बताइन् । 

लिनाले श्रीमान् बैंकमा काम गर्ने र घरमा छोरीको हेरचाह गर्नका लागि आइसालाई छोरीकै रुपमा राखेको र पढाउँदै आएको दाबी गरिन् ।

बाढीले घर लग्यो, काठमाडौंले छोरी

मोरङको सिँगिया खोला किनारमा रहेको गुल्जारी परिवार आर्थिक अभावले खोलाको किनारामा बस्दै आएका छन्  । यही सुकुम्वासी टोल हो जहाँ गत साउनमा आएको बाढीका कारण सबै बिस्थापित भएका थिए । घर सबै

खोलाले बगाएको समयमा असोजमा घर आएकी आईसा काठमाडौ जान नै मनेकि थिईनन् । तर घरकाले कर गरेर पठाएका थिए  । 

पढ्ने चाहना बोकेकी आइसालाई घरका सवैले पढ्न पनि पाइन्छ भनेपछि उनी फेरि काठमाडौं जान राजी भएकी थिइन् । 

गरिबको केही लागेन सोमबार राति शव जलाए

मृतक वालिकाका आफन्त र छिमेकीहरुले भने आत्माहत्या नभई हत्या नै भएको दाबी गर्दै शवसहित आइतबार, सोमबार प्रदर्शन गरे । 

उनीहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र विराटनगर महानगरपालिका अगाडि शवसहित प्रदर्शन नगरेका पनि हैनन् । तर उनीहरुका पक्षमा बोलीदिने कोही भएनन् । सत्य तथ्य छानविनको माग गर्दै आन्दोलनमा उत्रिएका उनीहरुलाई प्रहरीले धरपकड ग¥यौ, लाठीचार्ज ग¥यो । आइतवार शव लिएर जिल्ला प्रशासन कार्यालय अगाडि पुगेका स्थानीयलाई दोषीलाई कार्वाही गर्ने वाचा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले गरे । 

अन्तत्वगत्वा प्रहरी, प्रशासन र केही स्थानीयको दवावपछि आइसाको शव सोमवार साँझ जलाईएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बीसीले कानूनी रुपमा घटनाको अनुसन्धान गर्ने बाटो बन्द भएको तर्क पेश गरेका छन् । 

०००

सोमबार, दिउँसो करिब १ बजे तिर मृतक आइसाको शव खोला किनारमा अन्त्येष्टीको तयारीका क्रममा थियो । त्यसैबेला केही अधिकारकर्मीहरु त्यहाँ पुगे । उनीहरुले शवको अवस्थाको बारेमा जानकारी लिए । 

मोरङका अधिकारवादी संघ संस्थाका प्रतिनिधिहरुले मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यलाई ज्ञापन पत्र दिँदै आइसाको आत्माहत्या नभई हत्या भएको भन्दै निश्पक्ष छानविन गरी दोषिलाई कार्वाहीको माग गरेका छन् । पूर्वाञ्चल मानवअधिकार रक्षक संजाल ,इन्सेक, ओरेक, जागरण नेपाल, सिविन, बपरडेक, सञ्चारकर्मीहरु लगायत १८ बटा संघसस्थाको टोलीले हत्या वा आत्महत्या के हो प्रमाणसहित पुष्टी गर्दै पीडितलाई न्याय सहित क्षतिपुर्ति दिन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।  

पढाई दिने बाचामा घरेलु कामदारका रुपमा ललितपुर महालक्ष्मी नगरपालिका ३ बस्ने विनय दाहाल र लीना सिलवालले बालिकाको अभिभावकसँग ११ महिनाअघि  सम्झौता गरी कामदारका रुपमा लानु र बालिकाले आत्महत्या गरेको भन्दै सबुत प्रमाण बिना मृतकको शव जिम्मा दिनुले यस घटनालाई शंकास्पद बनाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

ज्ञापन पत्रमा फगत एकजना अभिभावकलाई विमानमार्फत काठमाण्डौँ पु¥याईनु र पहिले हस्ताक्षरपछि मात्र शव जिम्मादिनु कति न्यायिक छ ? यदि बालिकाले भुण्डिएर आत्महत्या गरेको हो भने अभिभावकको उपस्थिति बिना डोरी काटिएको, अभिभावकको उपस्थिति बिना कुन आधारमा लासको पोष्टमार्टम गरेको, शवको प्रकृतिलाई हेर्दा झुण्डिएर आत्महत्या गरेको हो भनेपनि हत्केलामा निलडाम र हातका विभिन्न भागमा धारिलो हतियारले काटेको लास हेर्दा देखिनु शंखास्पद भएको उल्लेख गरीएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x