×

NMB BANK
NIC ASIA

वन्यजन्तु सुरक्षामा ‘संयुक्त गस्ती’, स्मार्ट पट्रोलिङ र सिसी क्यामराबाट निगरानी

चैत ८, २०७४

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

चितवन, ८ चैत- चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सुरक्षामा समुदाय, निकुञ्जका कर्मचारी र नेपाली सेनाको संयुक्त गस्ती परिचालन गरिएको छ । 

संरक्षण प्रभावकारी बनाउन संयुक्त गस्ती गर्ने गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुहुन्छ । दिउँसो र रात्रिकालीन समयमा फरक फरक समूहले गस्ती गर्ने गरेका छन् । 

निकुञ्जको मध्येवर्ती क्षेत्रमा समुदायसँगको सहकार्यमा गस्ती हुने र भित्रै कोर क्षेत्रमा नेपाली सेना र निकुञ्ज कर्मचारीको विशेष रणनीतिका साथ गस्ती हुने गरेको छ । हामी रातदिन नभनी निकुञ्जको टोलीसँगै गस्तीमा जान्छौँ, भित्री कोर एरियामा भने विशेष अभियानका बेला समुदाय परिचालन हुन्छन्, रत्ननगर सौराहाकी नेचर गाइड डोमा पौडेल बताउनुहुन्छ । 

उहाँ रत्ननगर नगरपालिकास्तरीय समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानको अध्यक्षसमेत हुनुहुन्छ । पौडेलसंगै अन्य स्थानीय गाउँले अहिले सेना र निकुञ्जका कर्मचारीसँगै जंगल गस्तीमा जाने गरेका छन् । 

यो मौसम खुला हुने र डढेलोका कारण वन्यजन्तु टाढासम्म देखिने भएकाले तस्करहरु सल्बलाउँछन् । त्यसैले निकुञ्जले सुमदायसँग मिलेर अहिले सुरक्षा चुस्त पारेको छ । समुदायसँगको सहकार्यले वन र वन्यजन्तुको संरक्षण प्रभावकारी भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल बताउनुहुन्छ । 

निकुञ्जको सुरक्षाका लागि विभिन्न मध्यवर्ती क्षेत्रमा सुमदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान गठन गरिएको छ । सुराकीसमेत समुदायबाटै परिचालन हुने गरेकाले नयाँखालका मान्छे गाउँ पस्नेबित्तिकै सूचना निकुञ्जमा पुग्ने गर्छ । 

समुदायको सहकार्यबाटै कतिपय गैँडा तस्करलाई पक्राउ गर्न सफल भएको छ । नेपालमा सबैभन्दा बढी बाघ र गैँडा रहेको चितवन राष्ट्रिय निकुञ्ज नै हो । विदेशी पर्यटक गैँडा, बाघ हेर्न र प्रकृतिसँग रमाउनकै लागि चितवन आउने गर्छन् । 

यहाँको सुरक्षामा अहिले स्मार्ट पट्रोलिङ, रियल टाइम पट्रोल, अपरेशन महाहन्टलगायत उच्च प्रविधिको प्रयोग गरेर संरक्षण प्रभावकारी गराउँदै आएको छ । जंगलमा सिसी क्यामरा राखेरसमेत सुरक्षामा निगरानी गर्ने गरिएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x