×

NMB BANK
NIC ASIA

कांग्रेसमा प्रमुख सचेतक पद 'तिरस्कृत', नेताहरूले किन लिन मानेनन् लाभको पद ?

चैत ८, २०७४

NTC
Premier Steels

काठमाडौं, ८ चैत- नेपाली कांग्रेसका प्रभावशाली नेताहरूले संसदीय दलको प्रमुख सचेतक पद अस्वीकार गरेका छन् । संसदमा प्रभावकारी भूमिका देखाउन प्रमुख सचेतक पद महत्त्वपूर्ण मानिन्छ ।

Muktinath Bank

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले शुरुमा डा. मीनेन्द्र रिजाललाई प्रमुख सचेतक बनाउन प्रस्ताव गरेका थिए । रिजालले सो पद अस्वीकार गरेपछि देउवाले आफ्ना विश्वास पात्र बालकृष्ण खाणलाई बुधबार प्रमुख सचेतकमा नियुक्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर खाणले सो पद अस्वीकार गरेको रूपन्देहीबाटै घोषणा गरेका छन् । खाणको असन्तुष्टिले कांग्रेसभित्र देउवा समूहमा पनि असन्तुष्टि बढेको विश्लेषण हुन थालेको छ ।


Advertisment
Nabil box
Kumari

प्रतिपक्षमा धकेलिएको कांग्रेससँग केही मात्र सुविधाका पद छन् । कांग्रेसले प्रतिनिधिसभामा सार्वजनिक लेखा समितिको सभापति पद पाउँछ ।

Vianet communication

संसदीय दलको प्रमुख सचेकतले राज्यमन्त्री सरह संसदबाट गाडी, इन्धनलगायतका सुविधा पाउँछन् । सचेतक अस्वीकार गरेका नेताको रुची लेखा समितिको सभापतिमा हुन सक्ने कांग्रेस वृत्तमा चर्चा छ । तर देउवाले लेखा समितिको सभापतिमा रूपन्देहीबाट चुनाव जितेका भरत साहलाई अगाडि सार्ने सम्भावना छ ।

‘प्रतिपक्षमा पुगेको दलका लागि सदनमा प्रभावकारी भूमिका खेल्न प्रमुख सचेतकको भूमिका महत्वपूर्ण हुन्थ्यो । नेताहरू पार्टीको हित भन्दा पनि निजी स्वार्थमा लागेको देखियो,’ एक पूर्वसांसदले भने ।

देउवाले अब प्रमुख सचेतकमा आफ्ना अर्का निकटस्थ ज्ञानेन्द्र कार्की, गगन थापा वा बर्दियाबाट चुनाव जितेका सञ्जय गौतमलाई अगाडि सार्ने सम्भावना रहेको देउवा निकटका एक नेताले बताए ।

पहिलो संविधानसभामा लक्ष्मणप्रसाद घिमिरे प्रमुख सचेतक थिए । दोस्रो संविधानसभामा चीनकाजी श्रेष्ठ प्रमुख सचेतक थिए । घिमिरे प्रमुख सचेतक रहँदा सदनमा कांग्रेसको उपस्थिति प्रभावकारी देखिएको थियो ।

यस्तो छ खास कारण

पार्टी कमजोर भएको समयमा आफू देशभर हिँडनु पर्ने भएकोले संसदमै सिमित नगर्न खाणले देउवासँग आग्रह गरेका छन् । तर कांग्रेस स्रोतका अनुसार खाणले सचेतक पद अस्वीकार गर्नुको खास कारण चाहीँ पार्टी पदाधिकारी नियुक्तिको तयारी पनि हो ।

सभापति देउवाले महामन्त्री र सहमहामन्त्री नियुक्तिको गृहकार्य गरिरहेको देउवा निकट स्रोतले बतायो । पूर्णबहादुर खड्कालाई महमन्त्री र डा. प्रकाशशरण महतलाई सहमहामन्त्री बनाउन लागेको चर्चा कांग्रेस वृत्तमा छ ।

खाणको चाहाना महामन्त्रीमा थियो । सो पद नपाउने देखेपछि खाणले पद अस्वीकार गरेको कांग्रेस स्रोत बताउँछ । देउवाले ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि पदाधिकारी मनोनयन गर्ने तयारी गरेका थिए ।

तर शिक्षक संघको चुनावमा देउवा पक्षको पराजयको कारण दर्शाउदै ज्ञानेन्द्रलाई पदाधिकारी नियुक्त गर्ने सम्भावना टरेको देउवा निकट स्रोत बताउँछ ।

‘अर्थमन्त्रीको रूपमा पनि उनको कार्यकुशलता नालायकी थियो, शिक्षक संघको चुनावमा देउवाको लज्जास्पद् पराजय गराए,’ देउवा निकट एक नेताले लोकान्तरसँग भने, ‘शिक्षक संघको चुनावको जिम्मा दिइएका कार्कीले एकजना शिक्षकलाई पनि फोन गरेनन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x