×

NMB BANK
NIC ASIA

नेपालको नदीले भारतको प्यास मेट्ने !

चैत ८, २०७४

NTC
Premier Steels

काठमाडौं, ८ चैत — भारतले सुक्न लागेको यमुना नदीलाई पुनर्जीवन दिलाउनका लागि नेपालको सहयोग लिने आशा गरेको छ । 

अन्तर्देशीय नदी–सम्पर्क परियोजनाअन्तर्गत भारत सरकारले नेपालसँग कुरा गरेर महाकाली नदीलाई दिल्लीको यमुनासँग जोड्ने योजना बनाएको छ । 

एकतीसवटा नदीलाई जोड्ने र बढी भएको पानी सुक्खा क्षेत्रमा लाने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको महत्त्वाकांक्षी योजनाको एक अंगका रूपमा यो परियोजना रहेको छ । 

‘यो प्रस्तावलाई सचिवहरूको एक समितिले स्वीकृत गरिसकेको छ र नेपालसँग यसबारेमा संवाद गर्नका लागि विदेश मन्त्रालयसमक्ष अनुरोध पठाइसकिएको छ,’ जलस्रोत सचिव यूपी सिंहले भने । 

नाम नखुलाउने शर्तमा अधिकारीहरूले जानकारी दिएअनुसार सचिवहरूको समितिले नेपालसँग ५४० मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् परियोजनाका सम्बन्धमा सम्झौताका शर्तहरूका बारेमा छलफल गरेका थिए । 

सन् १९८१ मा ल्याइएको उक्त परियोजना नरेन्द्र मोदीले नेपाल भ्रमण गरेको समयमा अघि बढेको थियो । तर नेपालमा अहिले वामगठबन्धनको सरकार बनेपछि उक्त परियोजनाका विषयमा आशंका उत्पन्न भएको छ । 

महाकाली र यमुनालाई जोड्ने प्रस्तावित परियोजनाले महाकालीको अतिरिक्त पानी यमुनामा ल्याउने योजना बनाएको छ । दिल्लीमा यमुनाको पानीको अविरल प्रवाहलाई यसले सुनिश्चित गर्नेछ अनि यसले हरियाणा, पञ्जाब र राजस्थानलाई पनि हित गर्नेछ ।

पञ्चेश्वर परियोजनाका बारेमा यसअघि कुरा भएपनि यमुना–महाकाली जोड्ने विषयमा पनि कुरा गरिने वरिष्ठ अधिकारीले बताए । 

नेपालको सुशील कोइराला सरकारले महाकाली–यमुना परियोजनामा भारतलाई सहयोग गर्ने सहमति जनाएको अधिकारीहरू बताउँछन् । 

‘सन् २०१४ मा भएको छलफल अत्यन्तै प्रारम्भिक मात्र थियो । भारतले के प्रस्ताव गरेको हो भनी थाहा नपाउञ्जेलसम्म हामीले टिप्पणी गर्न मिल्दैन । दुवै पक्षले यसमा व्यापक छलफल गर्नु आवश्यक छ,’ प्रधानमन्त्री केपी ओलीका
विदेश सल्लाहकार तथा प्रबुद्ध व्यक्तिको समूहका एक सदस्य राजन भट्टराईले बताए । 

राष्ट्रिय जल विकास प्राधिकरणले यमुना–महाकाली परियोजनाको भारतीय पक्षको सम्भाव्यता प्रतिवेदन तयार गरिसकेको छ । नेपालसँगको सम्झौता अन्तिम चरणमा पुगेपछि विस्तृत परियोजना प्रतिवेदन बनाइनेछ । 

विज्ञहरूका अनुसार, यमुनाको स्वच्छता तथा नदी किनारको विकास नदीमा पु–याइने जलप्रवाहले निर्धारण गर्नेछ । 

तर यस परियोजनाले वातावरणमा पु–याउन सक्ने नकारात्मक असरका बारेमा वातावरणविद्हरूले चिन्ता जनाएका छन् ।

हिन्दुस्तान टाइम्समा प्रकाशित तौफिक रशिदको रिपोर्ट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x