×

NMB BANK
NIC ASIA

उर्जामन्त्री अनन्त : गार्जेन पनि साथी पनि !

चैत ८, २०७४

NTC
Premier Steels

काठमाडौं, ८ चैत– उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुन ‘अनन्त’ले बद्लिएको परिस्थतीअनुसार काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । जल उत्पन्न प्रकोप व्यवस्थापन विभागमा आयोजित विभागीय प्रस्तुतीकरण कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै उर्जामन्त्री पुनले देश संघीय संरचनामा गइसकेको भन्दै खटिएको ठाउँमा गएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

Muktinath Bank

‘तपाईहरुलाई राज्यका तर्फबाट अप्ठेरो परेको छ भने हेर्छ, तर बद्लिएको परिस्थितीलाई भने तपार्इंहरुले आत्मसाथ गर्नुपर्छ, फिल्डमा गएर जनताको सेवामा लाग्नुहोस्,’ मन्त्री पुनले सम्बोधनमा भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

म गार्जेन हो साथी पनि हो


Advertisment
Nabil box
Kumari

मन्त्री पुनले आफू मन्त्री मात्र नभएर सबैको गार्जेन भएको समेत बताए । उनले मन्त्रालयको लिडर र गार्जेनको रुपमा आफूले काम गर्ने तर आफुलाई पनि त्यसको बदलामा परिणामुखी काम चाहिने भएकाले कार्यक्षेत्रमा जिम्मेवार भएर लाग्न निर्देशन दिए । ‘म तपाईंहरुको साथी हो, गार्जेन पनि हो, तपाईंहरुलाई काम पुगेको छैन् अन्याय भएको छ भने म हेर्छु, काम पनि दिन्छु । तर मलाई तपाईंहरुले जिम्मा दिएअनुसारको परिणाम दिनुपर्छ,’ मन्त्री पुनले भने । 

Vianet communication

बजेटको दुरुपयोग नहोस्

माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पुनले सरकारी सम्पत्तिको दुरुपयोग नगर्न समेत कर्मचारीलाई चेतावनी दिए । ‘जनताको करबाट उठेको पैसाको दुरुपयोग भयो भने ठूलो अपराध सरह हुन्छ, त्यसैले तपाईंहरुले कम बजेटमा धेरै काम गर्ने गरी योजना बनाउनुहोस्,’ मन्त्री पुनले भने ।

तर्कले काम गर्दैन, काम चाहिन्छ

मन्त्री पुनले उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले राम्रो काम गरेर देखाउने चुनौती भएको भन्दै त्यसका लागी कार्यक्षेत्रमा इमान्दारितापुर्वक लाग्न निर्देशन समेत दिए । जनताले विकासको परिणाम खोजेको भन्दै त्यसका लागी खरो रुपमा उत्रनुपर्ने पुनको भनाइ थियो । 

‘हामीलाई,व्यक्तिगत रुपमा मलाई पनि तर्क गर्ने ठाउँ छैन्,’ पुनले भने, ‘जनताले परिणाम खोजेका छन्, जनआकांक्षालाई पूरा गर्न हामी सामूहिक रुपमा काम गरौ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x