×

NMB BANK
NIC ASIA

सन्दर्भ क्षयरोग दिवस : यी हुन् लक्षण र डाक्टरलाई देखाउने समय

चैत १०, २०७४

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

काठमाडौं, १० चैत- ‘सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोगमुक्त नेपालको सुनिश्चितता’ भन्ने नाराका शनिवार विश्व क्षयरोग दिवस मनाइँदै छ । नेपालमा पनि क्षयरोग दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

Muktinath Bank

क्षयरोग (टीबी, TB) माइकोब्याक्टेरियम ट्युबरकुलोसिस (Mycobacterium tuberculosis) नामक ब्याक्टेरियाबाट हुने एक प्रकारको सरुवा रोग हो । यो शरीरका कुनै पनि भागमा हुन सक्ने भए पनि फोक्सोमा हुने सम्भावना बढी हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फोक्सोमा हुने क्षयरोगलाई पल्मोनरी टीबी (Pulmonary TB) अर्थात् फोक्सोको क्षयरोग भनिन्छ । क्षयरोग हुने अन्य अंगहरुमा हाडलिम्फ ग्रन्थीमिर्गौलापाठेघरमस्तिष्क (मेनिन्जीस्)छाला हुन् ।


Advertisment
Nabil box
Kumari

क्षयरोगीले खोक्दा वा छिम्दा निस्केका पानीका मसिना छिटाहरु सास सँगै भित्र छिरे भने यो एक क्षयरोगीबाट अर्को स्वस्थ मानिसमा सर्दछ । बढी भीड भएको ठाउँमा वा बढ्ता आद्र्ता भएको ठाउँमा यो सर्ने सम्भावना बढ्ता हुन्छ । यस रोगका ब्याक्टेरियाहरु फोक्सोमा प्रवेश गरेपछि सो व्यक्तिमा क्षयरोगका प्रारम्भिक लक्षणहरु देखा पर्दछन् जसलाई प्राथमिक क्षयरोग भनिन्छ ।

Vianet communication
Laxmi Bank

क्षयरोगका दुई अवस्था छन्

१. निष्क्रिय (गुप्त) क्षयरोग : एकचोटि क्षयरोगका जीवाणुाबाट संक्रमित भएपछि कहिल्यै पनि तीबाट मुक्ति मिल्दैन । ती जीवाणुहरु कुनै पनि प्रभाव नपारीकनलक्षण नदेखाइकन फोक्सोको कुनै निश्चित स्थानमा निष्क्रिय रूपले रहिरहन्छन् । त्यसलाई ल्याटेन्ट टीबी अर्थात् गुप्त क्षयरोग भनिन्छ ।

जब शरीरको रोग प्रतिरोध क्षमता शक्ति घट्छ तब यी सक्रिय हुने खतरा बढ्छ । त्यसैले लक्षण नदेखिए पनि भविष्यमा हुन सक्ने खतरालाई ध्यानमा राखेर यस किसिमको गुप्त क्षयरोगको पनि जाँच गरेर उपचार गर्नु आवश्यक हुन्छ । छ महिना सम्म आइजोनायजिड (Isoniazid) द्वारा यसको उपचार गरिन्छ । यो अवस्थामा क्षयरोगले सरुवा स्वभाव देखाउँदैन ।

२. सक्रिय क्षयरोग : जब क्षयरोगका संकेत र लक्षणहरु देखिन थाल्छन् त्यसलाई सक्रिय क्षयरोग भनिन्छ । यो कहिलेकाहीं निष्क्रिय अवस्थामा जानुभन्दा अगावै क्षयरोगका जीवाणु सँग संपर्कमा आउनासाथ देखिन सक्छ भने कहिलेकाहीं क्षयरोगका जीवाणुसँग संपर्कमा आएको वर्षौंपछि मात्र देखिन सक्छ । यो अवस्थामा क्षयरोगले सरुवा स्वभाव देखाउँछ ।

सक्रिय क्षयरोगका लक्षणहरु :

​-दुई हप्ताभन्दा लामो समयसम्म खोकी लागिराख्नु

-खकारमा रगत देखिनु

-साँझपख सामान्य ज्वरो अाउनु

-रातको समयमा धेरै पसिना आउनु

-छातीको दुखाई महसूस हुनु

-तौलमा गिरावट आउनु

-रक्ताल्पता हुनु

-अरुची तथा वेचैनी सँगै सामान्य कमजोरी तथा सो संग जोडिएका लक्षण देखिनु

डाक्टरलाई कहिले देखाउने ?

-दुई हप्ता भन्दबढी समयसम्म खोकी लागिरह्यो भने

-खकारमा रगत देखियो भने

-तौल घटाउन नखोज्दा पनि अचानक तौल घट्न थाल्यो भने

-खोक्दा छाती दुख्न थाल्यो भने

-हप्तादिन भन्दा लामो समयसम्म लगातार सामान्य ज्वरो आइरह्यो भने

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x