×

NMB BANK
NIC ASIA

प्रदेश पाँचको ‘स्थिति पत्र’– गरिवी औसतभन्दा बढी, खाद्यान्न उत्पादनमा अगाडि, जलविद्युतमा कमजोर

चैत २९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल, २९ चैत– प्रदेश नम्बर पाँचको सरकारले समग्र अवस्थाबारे तयार पारेको स्थिति पत्र सार्वजनिक गरेको छ । 

Muktinath Bank

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाको १४ औं बैठकमा बिहीवार आर्थिक सामाजिक अवस्था बारेमा तयार पारिएको ‘स्थितिपत्र’ सदनमा प्रस्तुत गरे । आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत मुख्यमन्त्री पोखरेलले नैं सम्हालेका छन् । योजना आयोगले प्रदेशको ‘स्टाटस पेपर’ तयार पारेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश नम्बर पाँच गरिब प्रदेशको रूपमा देखिएको छ । यस प्रदेशमा नेपालको औषत गरिबी भन्दा बढी देखिएको हो । नेपालको औषत गरिब २५.६२ छ । प्रदेशको स्थितिपत्रमा गरिबी २५.८ प्रतिशत जनता गारिबिको रेखामुनी रहेको देखिएको छ । जसमध्ये सबैभन्दा बढी कपिलवस्तुमा ३५.५ प्रतिशत गरिब छन् । त्यसपछि प्यूठानमा ३२.२ रहेको छ । रूपन्देही र नवलपरासी अन्य जिल्लाको तुलनामा गरिबी कम देखिएको छ । गरिबीको स्थितिमा प्रदेश नम्बर पाँच चौथो बढी गरिब भएको प्रदेशमा देखिएको हो । अन्य जिल्लाको गरिबी २१ देखि २८ प्रतिशतसम्म रहेको छ । 


Advertisment
Nabil box
Kumari

समग्रमा प्रदेश पाँचको स्थिति 

Vianet communication
Laxmi Bank

यस प्रदेशमा जलविद्युतको अवस्था कमजोर देखिएको छ । हालसम्म यस प्रदेशबाट जम्मा २१ मेगावाट विद्युत मात्रै उत्पादन भएको छ । भने २ मेगावाट निर्माणाधिन अवस्थामा छन् । नौमुरो आयोजना सम्भाव्यता देखिए पनि उत्पादनको काम अगाडि बढन सकेको छैन । 

त्यस्तै खाद्यान्न उत्पादन र तेलहन उत्पादनमा सबै प्रदेशभन्दा अगाडि देखिएको छ ।  दाङ जिल्लालाई तेलहन उत्पादनको पकेट क्षेत्र र अदुवाका लागि पाल्पालाई लिइएको छ । यस प्रदेशमा ४ उपमहानगरपालिका ३४ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ स्थानीय तह छन् । प्रदेशको क्षेत्रफल १७ हजार ८ सय १० वर्गकिलोमिटर । जुन कूल नेपालको भूभागको १२.१ प्रतिशत भूभाग ओगटेको छ । यस प्रदेशका १४ प्रतिशत जनता तराई क्षेत्रमा बसोबास गर्छन् । प्रदेशको जनसंख्या ४४ लाख ५८ हजार २ सय ५२ रहेको छ । जसमध्ये महिलाको जनसंख्या धेरै छ । ५३ प्रतिशत महिला र ४७ प्रतिशत पुरूष छन् । यस प्रदेशको जनसंख्याले कूल देशको १७ प्रतिशत जनसंख्या हो । 

प्रदेशमा २२.७ प्रतिशत खेतीयोग्य जमिन छ । जसमध्ये ४९ प्रतिशतमा सिंचाई सुविधा पुगेको छ । यसका ५२ प्रतिशत जनसंख्या नगरपालिमा बसोबास गर्दछन । यस प्रदेशमा ९ सय बैंक तथा वित्तीय संस्था रहेको स्थिति पत्रमा उल्लेख छ । तराईका जिल्लामा बैंकहरू बढी र पहाडी जिल्लामा कम रहेका छन् । १० लाख जनसंख्य सहकारीमा आवद्ध छन् । जसमा ६ हजारले रोजगार पाएका छन भने २२६ अर्ब निक्षेप संकलन भएको छ । यस प्रदेशमा ९ सय उद्योगहरू रहेका छन । जसमा ४० हजारले रोजगारी पाएका छन् । धेरै उद्योग भएको प्रदेशमध्ये दोस्रोमा पर्छ । यहाँका ८० प्रतिशत जनसंख्यालाई खानेपानी पुगेको छ । ६२ प्रतिशत घरधुरीमा विद्युतको पहुँच छ । जुन ४ औं मा पर्छ । 

यहाँको ५६ प्रतिशत घरधुरीमा मात्र शौचालय बनेका छन् । प्रदेश राजधानी लगायत प्रदेशका अन्य केही जिल्ला खुला दिशामुक्त घोषणा हुन सकेका छैनन । 

यहाँ ११ हजार किलोमिटर सडक सञ्जाल छ । पाल्पा, रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका केही जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् । मानव विकाश सुचकाङकमा यस प्रदेशको अवस्था ०.४६१ प्रतिशत रहेका छ् । त्यस्तै यस प्रदेशमा ५ हजार ८ सय विद्यालय छन् । जसमा १३ लाख विद्यार्थीहरू अध्ययनरत छन् । जसध्ये १२४ प्राविधिक कलेज छ ।  प्रदेशको साक्षरता ६५ प्रतिशत छ । १० जिल्ला पूर्ण साक्षर घोषणा भएका छन् । कपिलवस्तु र बाँके पूर्ण साक्षर हुने तयारीमा छन् । 

यहाँ ७५२ वटा स्वास्थ्य संस्था छन । यस प्रदेशको औषत आयु ६७ वर्ष रहेको छ । राष्ट्रिय औषत आयु ६८.८ रहेको छ ।  पर्यटनको प्रचार सम्भावना यस प्रदेशमा छ । पर्यटनको आकर्षक गन्तव्य लुम्बिनीलाई लिइको छ । जहाँ वार्षिक १३ लाख आन्तरिक तथा बाहय पर्यटहहरू आउने गरेका छन् । प्रदेश नम्बर पाँचमा ६ वटा पहाडी र ६ वटा तराईका जिल्लाहरु मिलेर बनेको प्रदेश हो । यस प्रदेश नवलपरासीको दाउन्नेदेखि बर्दियाको राजापुर र रुकुमको सिस्नेहिमालदेखि रुपन्देहीको समथर भूभाग मर्चवारसम्म पुगेको छ । 

प्रदेश पाँचको बजेट शुक्रबार 

प्रदेश नम्बर पाँचले बजेट शुक्रबार आउने भएको छ ।  पाँच नम्बर प्रदेशको बजेट १ अर्ब २ करोड रूपैयाँ छ ।  उक्त बजेट मुख्यमन्त्री शंकर पोखरेलले संसद्मा प्रस्तुत गर्नेछन् । अर्थमन्त्रालयको जिम्मेवारीसमेत मुख्यमन्त्री मातहत रहेकाले बजेट पनि मुख्यमन्त्रीले नै ल्याउन लागेका हुन् ।  सरकारले ल्याउने बजेट मात्र ३ महिनाका लागि हुनेछ । सरकारले पर्यटन र कृषिबाटै आर्थिक समृद्धि गर्ने बताउँदै आएको छ । जसका लागि धेरै बजेट विनियोजन गर्ने अपेक्षा छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x