आई.एम.एस्.ग्रुपले ल्यायो, ‘नयाँ वर्ष २०७५ अफर’

काठमाडौं, ३० चैत- स्याङ्योङ मोटर्स नेपालको लागि एकमात्र आधिकारिक बिक्रेता आई.एम.एस्.ग्रुपले नयाँ वर्ष २०७५ लाई लक्षित गरी ‘नयाँ वर्ष २०७५ अफर’ बजारमा ल्याएको छ ।

नयाँ वर्ष २०७५ को सन्दर्भमा स्याङ्योङले विशेष अफर ग्राहक सामु पेश गरेको छ,  जसमा नगद रु ४ लाख सम्म छूट र हातखाली नहुने उपहारमा सामसुङ ग्यालेक्सी एस् ९ प्लस रेक्स्टन वा कोरण्डो गाडी खरिद कर्ताले प्राप्त गर्नेछन् भने सामसुङ ग्यालेक्सी एस्. ९ तिभोली, एक्सएल टिभी वा एक्टियोन स्पोर्टस् गाडी खरीद कर्ताले प्राप्त गर्नुहुनेछ । 


यसबाहेक कोरियन लक्जरी आरामदायी सभ गाडी खरीदकर्तालाई स्याङ्योङले निम्नअनुसार अफर ग्राहकलाई दिएको छ । 
-    जुनसुकै ठाउँमा सट्टापट्टा गर्न सकिने ।
-  सरल फाइनान्स सुविधा
-   एक आ.व. को लागि सडक कर छूट
-  ३ वर्षे वा ६०,००० किमी वारेन्टी सुविधा 
-    ३ वर्षे फ्रि सर्भिसिङ्ग
-    हरेक टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर

यो नयाँ वर्ष अफर २०७४ चैत्र ३० देखि २०७५ बैशाख १७ गतेसम्म लागू हुनेछ । 
 

चैत ३०, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस