×

NMB BANK
NIC ASIA

एक दशकभित्र समृद्ध नेपाल निर्माण गर्ने सङ्कल्प गरौँ : अध्यक्ष प्रचण्ड

बैशाख १, २०७५

NTC
Premier Steels

बुर्तिबाङ्ग, १ वैशाख – नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दशकभित्र समृद्ध नेपाल निर्माणको सङ्कल्प गर्न सबैलाई आह्वान गर्नुभएको छ ।

Muktinath Bank

शनिवार बाग्लुङको ढोरपाटन नगरपालिका स्थित बुर्तिबाङ्गमा आयोजित ढोरपाटन महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निजी, सार्वजनिक र सहकारीको सहकार्यमा तीव्र आर्थिक विकास गर्ने सङ्कल्प गर्न आह्वान गर्नुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विकासको निम्ति निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यबिना तीव्र आर्थिक विकास हुन सक्दैन । त्यस कारण निजी क्षेत्रसँग सहकार्य गर्ने प्रक्रियामा पनि एउटा नयाँ मोडल विकास गर्न चाहेका छौँ’ उहाँले भन्नुभयो ‘निजी सार्वजनिक र सहकारीको सहकार्यबाट हामी आउने एक दशक भित्र नयाँ र समृद्ध नेपाल निर्माण गरिछाड्ने सङ्ककल्प गरौँ, म सबैलाई आह्वान गर्न चाहन्छु ।’


Advertisment
Nabil box
Kumari

अध्यक्ष प्रचण्डले समृद्धिको यात्राका लागि राष्ट्रिय एकतालाई केन्द्रमा राखेर लाग्न प्रतिपक्षी दललाई आह्वान गर्नुभयो । ‘एकता नबनेको भए न १२ बुँदे समझदारी, न शान्ति सम्झौता हुन्थ्यो, न त संविधान, सङ्घीय गणतन्त्र, ३ तहको सरकार, विकासको निम्ति राष्ट्रिय सङ्कल्प नै हुने थियो’ उहाँले भन्नुभयो ‘हामी अहिलेपनि विकासको एजेन्डामा, निर्माणमा, समृद्धिमा, स्थायीत्वमा कोही सत्तापक्ष र प्रतिपक्ष होईनौँ । हामी राष्ट्रिय एकतालाई केन्द्रमा राखेर विकासको काममा हातेमालो गर्न सत्तापक्ष वा वामगठबन्धन त्यसको लागि सहकार्य गर्न तयार छ ।’

Vianet communication

नेपाली जनता ६० वर्षदेखि राजनीतिक अराजकताको चपेटामा परेकोले विकासका काममा पछाडि परेको भन्दै अध्यक्ष प्रचण्डले नयाँ संविधान बनेपछि त्यो स्थितिको अन्त्य भएको बताउनुभयो ।

‘एउटा सरकारले अगाडी सारेका कामहरू अर्को सरकारले आएर भत्काईदिने र अर्को नयाँ योजना अगाडी सार्दा नेपाली जनता जहिले पनि अन्योलमा जहिले पनि भ्रममा रहनुपर्ने बडो बिचित्रको विडम्बना पनि हामीले भोग्यौँ’, उहाँले भन्नुभयो ‘नेपालको इतिहासमा यी सबै चुनैतिहरुलाई पार गर्दै नयाँ राष्ट्रिय एकता कायम गर्ने र नयाँ वातावरण निर्माण गर्ने सङ्घीयताको, गणतन्त्रको, समावेशिताको, समानुपातिकताको, विकासका लागि शिक्षालाई, स्वास्थ्यलाई,रोजगारीलाई मौलिक अधिकारको रूपमा व्याख्या गरेको संविधान निर्माण गरेका छौँ, यसले धनी र गरिबको बिचको दुरी घटाउने कुरा गरेको छ । ’

अध्यक्ष प्रचण्डले २०७५ साल विदेशमा रहेका नेपाली युवाहरू देशभित्रै फर्कने शुरुवाती वर्षको रूपमा हेर्न पनि अपिल गर्नुभयो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x