काठमाडौंबाट १५ किलोमिटर हिँड्नुहोस्, लेलेको सुन्दरताले मुग्ध बनाउनेछ

बैशाख २, २०७५

काठमाडौं, २ वैशाख–‘प्राकृतिक खेतीउन्मुख लेले गाउँमा तपाईंहरूलाई स्वातग छ,’ ललितपुरको गोदावरी नगरपालिकाअन्तर्गत पर्ने लेले गाउँको प्रवेशद्वारामा लेखिएको वाक्य हो यो ।

काठमाडौंबाट करीब १५ किलोमिटरको यात्रापछि पुगिने लेले प्राकृतिक सुन्दरताले भरीपूर्ण छ । ललितपुर जिल्लाको दक्षिणपूर्वमा पर्ने यो गाउँमा मनलाई आनन्दित पार्ने प्रकृतिका छटाहरू प्रसस्तै छन् ।

फाट्टफुट्ट घर, हरियो खेतबारी, कञ्चन र सफा पानी, स्वच्छ वातावरण लेलेका विशेषता हुन् । काठमाडौंको धुलोधुवाँबाट छोटो समयमै उन्मुक्ति पाउने उत्तम विकल्प पनि यो ठाउँ हुनसक्छ ।

त्यसमाथि वसन्त ऋतुलाई स्वागत गर्दै पाकेका ऐँसेलु खाँदै रमाउन पनि सकिन्छ । गाउँसम्म पुग्ने बाटोको अवस्था राम्रो नहुनु र प्रचार–प्रसारको अभावले लेलेलाई पछि पारेको देखिन्छ ।

यातायातमा सहजता र प्रचारप्रसार हुने हो भने लेले पर्यटकीय गन्तव्य बन्नसक्ने प्रचुर सम्भावना छ ।

 


 

बैशाख २, २०७५ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार