अमेरिकाले सिरियामा फरि आक्रमण गरे बबाल हुने रुसको चेतावनी

बैशाख ३, २०७५

काठमाडौं, ३ वैशाख– सिरिया प्रकरणमा अमेरिका र रुसबीच भनाभन शुरु भएको छ । 

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले अमेरिकाले सिरियामा कुनै कारवाही गरे विश्वमा हलचल हुने चेतावनी दिएका छन् । 


ADVERTISEMENT

डुमामा भएको रासायनिक हमलापछि शनिवार अमेरिका, फ्रान्स तथा ब्रिटेनले एक संयुक्त सैन्य कारवाही गर्दै सिरिया सरकारको तीन ठेगानामा बमबारी गरेको थियो । 

रुसले आफ्नो आधिकारिक भनाइमा पहिले नै यो कारबाहीको आलोचना गरेको थियो तर पुटिनले भने सिरियामाथि कुनै कारवाही नगर्न अमेरिकालाई चेतावनी दिएको यो पहिलोपटक हो ।

रुसको राष्ट्रपति कार्यलयबाट जारी गरिएको बयानमा भनिएको छ,‘भ्लादमिर पुटिनले जोड दिएर भनेका छन् यदी संयुक्त राष्ट्र संघको चार्टरको उल्लंघन गर्दै यस्तो कारवाही जारी रहे निश्चित रुपमा अन्तराष्ट्रिय सम्बन्धमा अराजकताको स्थिति पैदा हुनेछ ।
 

बैशाख ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस