×

NMB BANK
NIC ASIA

एमाले–माओवादीका कार्यकर्ता नै मनोज पुनका सहयाेगी, रुपन्देहीबाट ५ जना पक्राउ

बैशाख ५, २०७५

NTC
Premier Steels

बुटवल, ५ वैशाख– केही समय अगाडि प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनका सहयोगी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ता नै रहेको खुलासा भएको छ । पुनका ५ जना विशेष सहयोगीहरु पक्राउ परेका छन् । 

Muktinath Bank

पक्राउ परेकाहरु एमाले र माओवादी कार्यकर्ता रहेको बुझिएको छ । पक्राउ पर्नेमा बुटवल–७ शिवनगरका उत्तम आचार्य, देवदह–५ का तुलसी न्यौपाने, देवदह–४ का लेखनाथ न्यौपाने, देवदह–६ का रोशन खड्का र स्याङजा पुतलीबजार–४ घर भई हाल बुटवल–४ बस्ने हरिप्रसाद श्रेष्ठ छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूलाई पक्राउ गरेसँगै ‘डन’ मनोज पुनलाई सघाउनेमा राजनीतिक दलका नेता÷ कार्यकता र व्यवसायी नैं रहेको खुलासा भएको हो । 


Advertisment
Nabil box
Kumari

पक्राउ परेका लेखनाथ माओवादी केन्द्रका नेता हुन । त्यस्तै आचार्य युवा संघका पूर्व नेता हुन् । श्रेष्ठ मदिरा उद्योगी हुन् । श्रेष्ठको मोहनी हाइजिन नाम गरेको उद्योग छ । 

Vianet communication

इलाका प्रहरी कार्यालय, बुटवलमा बुधबार उनीहरूलाई सार्वजनिक गर्दै रूपन्देहीका प्रहरी प्रमुख (एसपी) श्याम ज्ञवालीले गुण्डा नाइके मनोज पुनको विशेष सहयोगीको रूपमा काम गरेको प्रमाण फेला परेपछि उनीहरू पाँचै जनालाई रूपन्देहीबाट पक्राउ गरिएको बताए । 

उनीहरूलाई बुटवल र देवदह आसपासको क्षेत्रमा प्रहरीले मंगलवार पक्राउ गरेको हो । ‘राजनीति गर्ने नेता÷कार्यकताले नैं मनोज पुनलाई सहयोग गर्ने गरेको देखियो,’ ज्ञवालीले भने । उनीहरू पाँचै जनाले ‘डन’ पुनलाई आर्थिक रूपमा समेत निरन्तर सहयोग गरेको प्रमाण फेला पारेको प्रहरीको दावी छ । 

‘२०७२ कात्तिक २२ गते बुटवलका नारायणबाबु बस्नेतलाई गोली हानी ज्यान मार्ने उद्योगमा संलग्न रहेको पनि देखियो,’ ज्ञवालीले भने, ‘त्यस्तै २०७२ पुस ६ गते युवा संघ रुपन्देहीका कार्यबहाक अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या गरेको घटना, २०७४ पुस २१ गते एमाले कार्यकता तथा व्यवसायी बलु पौडेललाई गोली हानी हत्या गर्ने मनोज पुन र बिट्टु भनिने योगेन्द्र सिंहसँग निरन्तर सम्पर्कमा रहेको पाँचै जनाले काम गरेको प्रमाण भेटियो ।’ 

प्रहरी उपरीक्षक ज्ञवालीले थपे, ‘उनीहरुले मनोज पुनलाई आपराधिक कार्य गर्न प्रोत्साहन गर्ने र आर्थिक सहयोग समेत गर्ने गरेको समेत प्रमाण फेला पर्यो । उनीहरूमाथि संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान भइरहेको छ ।’  

मनोज पुन र उनका विशेष सहयोग सोम आले प्रहरीको इन्काउन्टरमा गएको फागुन ९ गते रूपन्देहीको देवदहमा मारिएका थिए । पुन र उनका सहयोगीको मृत्यु भएपछि रूपन्देहीका उद्योगी÷व्यसायीहरूले राहतको महशुस गरेका थिए । लगत्तै प्रहरीले मनोज पुनसँग जोडिएको भन्दै एमाले र माओवादीको नेता÷कार्यकता समेत संलग्न भएको भेटिएपछि रूपन्देहीमा तरंग आएको छ । 

तिवारीको हत्यामा संलग्न श्यामबहादुर गोङबे, शालिकराम चापागाई, पारस भट्टराई लगायत १८ जनालाई जेल चलान भइसकेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x