×

NMB BANK
NIC ASIA

सिण्डिकेट खारेजीले यात्रुहरू खुशी, कर्णालीमा आन्दोलनको प्रभाव नपर्ने संकेत

बैशाख ५, २०७५

NTC
Premier Steels

सुर्खेत, ५ वैशाख-कालिकोटको नाग्म घर भएका जगत शाही बुधबार नेपालगञ्ज जान लागेको अवस्थामा सुर्खेत बसपार्कमा भेटिए । यातायात क्षेत्रको सिण्डिकेटविरुद्ध सरकार कडारूपमा प्रस्तुत भएकोमा उनी खुसी छन् । अब थोत्रा सवारीमा अत्यधिक भाडा तिरेर चढ्नुपर्ने अवस्थाको अन्त्य हुने उनको आशा छ ।

Muktinath Bank

'विगतमा एउटै बसमा यात्रुलाई दुर्व्यवहार गर्दै कोचाकोच गरेर कालिकोट तथा जुम्लाका बस व्यवसायीहरूले लिने गरेका थिए,' उनले भने, 'अब सरकारले घोषणा गरेबमोजिम कार्यान्वयन गरिनुपर्छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दैलेखबाट काठमाडौं जाने क्रममा भेटिएका सन्तोष विष्टले यातायात व्यवसायीहरुलाई राज्यले कानूनको अधिनमा ल्याउनुपर्ने बताए । 'संविधानभन्दा माथि कोही पनि हुनुहुदैन,' उनले भने, 'राज्यलाई व्यवसायीहरुले उपयुक्त कर तिर्नुपर्छ । उनीहरूलाई करको दायरामा ल्याउन कम्पनीमार्फत प्रतिस्पर्धाका आधारमा सवारी साधन चलाउन दिनुपर्छ।' भारतका विभिन्न राज्यमा सरकारले नै सार्वजनिक सवारी साधन सञ्चालन गरिरहेको उदाहरण दिँदै उनले नेपाल सरकारले पनि त्यस्तो प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिए ।


Advertisment
Nabil box
Kumari

विभिन्न सञ्चार माध्यमबाट यातायात सिण्डिकेट खारेजीको समाचार पढ्न पाएकोमा आफूलाई खुशी लागेको यात्रु पार्वती चलाउनेले बताइन् । 'यो हाम्रा लागि खुशीको कुरा हो । राज्यले जस्तोसुकै चुनौती आएपनि कार्यन्वयन गर्न सकोस्,' उनले भनिन्, 'काँक्रे र मध्यपश्चिम यातायात व्यवसायीहरूको आन्दोलनसामु राज्यले घुँडा नटेकोस्, हामी सरकारलाई साथ दिन तयार छौं ।' उनले बस व्यवसायीहरू मोटाउने, तर देश दुब्लाउने प्रणाली रोक्न पनि यो निर्णयलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइन् ।

Vianet communication

कर्णाली प्रदेशमा आन्दोलनको प्रभाव नपर्ने संकेत

देउती यातायातका कमल खड्का 'जुनी'ले सरकारले ल्याएको नीति व्यवहारिक भएको बताए । 'हामीले राज्यलाई कर तिरेका छौं । कम्पनीअनुसार हामी दर्ता भएका छौं,' उनले भने, 'राज्यले निर्माण गरेको सडकमा कसैको सिण्डिकेट हामीलाई मान्य हुँदैन ।'

जुनीले सुर्खेतमा अन्य व्यवसायीहरूले यातायात बन्द गरे पनि देउती यातायातले सेवा प्रवाह गर्न नछाड्ने प्रतिबद्धता जनाए । उनका अनुसार सुर्खेतबाट कर्णाली प्रदेश र अन्य जिल्लाका लागि देउती, नमस्ते, बुलबुले र छायाक्षेत्र यातायात प्रालिले नियमित सवारी सञ्चालनको अनुमति पाएका छन् । जसले  गर्दा आन्दोलन निष्प्रभावी हुने देखिएको कतिपयको विश्लेषण छ ।

उता काँक्रेविहार यातायात व्यवसायी समिति र मध्यपश्चिम बस व्यवसायी संघले भने केन्द्रले निर्देश गरेबमोजिम आन्दोलन गर्ने बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x