×

NMB BANK
NIC ASIA

सुर्खेत, ७ वैशाख– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालित समता स्कुलको ‘दादागिरी’ छताछुल्ल भएको छ । देशका केहि जिल्लामा सस्तो शुल्कमा विद्यार्थी अध्ययन गराएर चर्चा कमाएको उक्त विद्यालयले स्थानीय तह (नगरपालिका)काे स्वीकृति विनै भर्ना लिइरहेको खुलेको हो ।

Muktinath Bank

बारम्बार नगर शिक्षा शाखाले भर्ना नलिन विद्यालय सञ्चालकलाई ताकेता गरे पनि सञ्चालकले भने केन्द्रबाटै भए पनि अनुमति ल्याउने तर भर्ना अभियान भने नरोक्ने जवाफ दिएको नगर शिक्षा शाखाका प्रमुख गजेन्द्र जिसीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू शैक्षिक सत्रदेखि समताले सुर्खेतमा नर्सरीदेखि एक कक्षासम्म भर्ना शुरु गरेको छ । समताले वीरेन्द्रनगर नगरपालिका–६ मा विद्यालय सञ्चालन गर्ने भन्दै नगर शिक्षा समितिमा निवेदन दिएको तर विद्यालय भवन भने  वीरेन्द्रनगर–४ मा स्थापना गरेको छ । 


Advertisment
Nabil box
Kumari

जिसीका अनुसार नगर शिक्षा समितिले चालू शैक्षिकसत्रका लागि कुनै पनि विद्यालयलाई अनुमति दिएको छैन । उनले भर्ना रोक्न निर्देशन दिँदा प्रधानमन्त्री र मन्त्रीको हवाला दिएर विद्यालय सञ्चालकले धम्क्याएको आरोप पनि लगाए ।

Vianet communication

उनले वीरेन्द्रनगर–६ को वडा कार्यालयको सिफारिसका आधारमा अनुगमनका लागि गए पनि विद्यालय फेला पार्न नसकेको बताए । ‘समताले हाल सञ्चालन गरिरहेको वीरेन्द्रनगर–४ को विद्यालय भवन पनि मापदण्डविपरित छ,’ उनले भने, ‘वीरेन्द्रनगर–४ मा समता स्कूल सञ्चालन भइराखेको जानकारी आएपछि अनुगमनका लागि गएका थियौं विद्यार्थी पढाउनका लागि त्यो उपयुक्त छैन् ।’

यता, समता स्कूलका सञ्चालक उत्तम संजेलले नर्सरी, केजी र यूकेजीको अनुमति लिइएको दावी गरे । उनले कक्षा एकको अनुमति लिनका लागि प्रक्रिया अघाडि बढाएको बताउँदै केही निजी विद्यालयको दवावमा सरोकारवाला कार्यालयले अनुमति दिन नमानेको आरोपसमेत लगाए ।

वीरेन्द्रनगर–६ मा विद्यालय सञ्चालनका लागि नगर शिक्षा शाखामा निवेदन दिएपनि घर मालिकको व्यक्तिगत समस्याका कारण वीरेन्द्रनगर–४ मा सार्नुपर्ने बाध्यता आएको उनको भनाई छ ।

सञ्चालक संजेलले नगर शिक्षा शाखाले विद्यालय सञ्चालनका लागि अनुमति नदिए सिधै ‘केन्द्रबाट’ ल्याइने बताए । गत शैक्षिकसत्रसम्म ४४ जिल्लामा विद्यालय सञ्चालन गरेको समताले चालू शैक्षिकसत्रदेखि ७७ वटै जिल्लामा विद्यालय सञ्चालन सुरु गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x