×

NMB BANK
NIC ASIA

चर्चामा पत्रकारको चुनाव : संगठनमा आन्तरिक विवाद, निर्वाचन कार्यालयमा तालाबन्दी

बैशाख ७, २०७५

NTC
Premier Steels

धनगढी, ७ बैशाख– नेपाल पत्रकार महासंघ प्रदेश ७ मा हुने निर्वाचनको लागि पत्रकारका दलीय संगठनहरुलाई उम्मेदवार छान्न हम्मेहम्मे भएको छ ।

Muktinath Bank

निर्वाचनको पूर्व घोषित कार्यक्रम अनुसार आज (शुक्रबार) दिउँसो ३ बजेसम्म समय सीमा तोकिएको थियो । पछि एक घण्टा थप गरी ४ बजेसम्म पुर्याइएको थियो । तर संगठनहरुले उम्मेदवार छान्न नसक्दा सो अवधीभित्र ८ जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन समिति संयोजक करुणाकर पाण्डेले जनाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवधीमा नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरबाट पाँच र काँग्रेस निकट प्रेस युनियनको तर्फबाट तीन जनाको उम्मेदवारी परेको संयोजक पाण्डेले बताए । उनको अनुसार प्रेस युनियनको तर्फबाट महासचिवमा योगेश रावलसहित एक जना सचिव र एक सदस्यको उम्मेदवारी परेको हो ।


Advertisment
Nabil box
Kumari

त्यस्तै, प्रेस सेन्टरबाट उपाध्यक्षमा दुर्गा भण्डारी, सचिवमा करन तम्राकारसहित पाँच जनाको उम्मेदवारी परेको छ ।

Vianet communication

आज उम्मेदवारी दर्ता गर्न नसकेपनि प्रेस युनियन र प्रेस सेन्टर उम्मेदवार टुंग्याएका छन् । कैलाली जिल्ला अध्यक्ष जगत साउँदका अनुसार प्रेस सेन्टर, प्रेस युनियन र प्रेस चौतारीबीच भएको सहमति अनुसार युनियनले महासचिवमा योगेश रावल, सचिव प्रेम चुनारा (समावेशी), सदस्यमा बरुण पनेरु, शिवराज खत्री, भीम चौधरी (जनजाति), गम्भिर उराव (मधेसी) लाई छनौट गरेको छ ।

त्यस्तै प्रेस सेन्टरले उपाध्यक्षमा दुर्गा भण्डारी, सचिवमा करण तम्राकार, सदस्यमा नरेन्द्र रावल, अरुण भट्ट, मुकेश टेर्रा (जनजाति), खडक ओली, राधिका सापकोटा, विराज रोश्यारालाई छनौट गरेको प्रेस सेन्टर प्रदेश अध्यक्ष रामसिंह ठगुन्नाले बताए ।

तर नेकपा एमाले निकट प्रेस चौतारीले अझै उम्मेदवार टुंग्याउन सकेको छैन । चौतारीका कैलाली जिल्ला अध्यक्ष मीन ठकुरीका अनुसार अध्यक्षमा धेरै आकंक्षी देखिएपछि उम्मेदवार टुंग्याउन अझै नसकेको बताए । उनको अनुसार अध्यक्षमा हरि जोशी, अर्जुन शाह आकंक्षी देखिएका छन् ।

निर्वाचन कार्यालयमा तालाबन्दी

यहि बैशाख २० गते हुने महासंघको आसन्न निर्वाचनमा तीन ठूला पत्रकार संगठनले साना संगठनलाई वेवास्ता गरी भागवण्डा गरेको भन्दै निर्वाचन कार्यालयमा आज तालाबन्दी गरेका थिए । क्रान्तिकारी पत्रकार संगठन, प्रगतिशिल पत्रकार संघ र संघीय प्रेस फोरमले तालाबन्दी गरेका हुन् ।

आफुहरुलाई समावेश नगरिए थप संघर्षको कार्यक्रम गरिने प्रगतिशिलका प्रदेश संयोजक सुशिल ढुंगानाले चेतावनी दिए ।

गरिएको तालाबन्दी र ठूला संगठनहरुले उम्मेदवार छान्न नसक्दा उम्मेदवारीको समय थप लम्ब्याइएको बुझिएको छ । बैशाख ९ गते साँझ ४ बजेम्मको लागि समय लम्ब्याइएको निर्वाचन समिति संयोजक पाण्डेले जनाए । 

स्रोतका अनुसार साना संगठनहरुको असन्तुष्टिलाई सम्बोधन गर्न अध्यक्ष पद पाएको संगठनले अन्य पदमा ती असन्तुष्टहरुलाई समावेश गरी समस्या समाधानको विकल्प खोजिन थालेको छ ।

महासंघको विधान अनुसार प्रदेश समितिको अध्यक्ष १, उपाध्यक्ष खुल्ला १, महिला १, महासचिव १, सचिव खुल्ला १, समावेशी १, कोषाध्यक्ष १, खुल्ला सदस्य ५, महिला सदस्य ३, दलित १, आदिवासी जनजाति १, मधेशी २ र अल्पसंख्यक १ गरी २१ सदस्यीय समिति निर्माण गरिने भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x