चर्चित डिजे अविचीको २८ वर्षको उमेरमा निधन

बैशाख ८, २०७५

काठमाडौं, ८ वैशाख– विश्व चर्चित स्वीडिस डिजे अविचीको शुक्रबार २८ वर्षको उमेरमा निधन भएको छ । उनी ओमानमा मृत अवस्थामा भेटिएका हुन्  ।

वास्तविक नाम टिम टिम बर्गलिङ्ग रहेका अविचीका वेक मि अप, लेभल्स तथा लोन्ली टुगेदर जस्ता चर्चित गीत छन् । जसलाई डान्स क्लबको एन्थम अर्थात आधिकारिक गीतको रुपमा लिने गरिएको छ ।


ADVERTISEMENT

अविचीका प्रतिनिधिले उनको निधनको पुष्टि गर्दै एक वक्तव्यमा भनेका छन्, ‘निकै दुःखका साथ भन्नु परेको छ कि अविचीको नामले चिनिएका टिम बर्गलिङ्गको निधन भएको छ । अब उनी हाम्रो माझमा रहेनन् ।’

इलेक्ट्रोनिक डान्स म्युजिक (इडिएम) स्टार अविचीले टुरका बेला एक रातको २ लाख ५० हजार अमेरिकी डलर लिने गरेको थिए । उनमा विगतमा केही स्वास्थ्य समस्या देखिएका थिए ।

बैशाख ८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस