×

NMB BANK
NIC ASIA

मुख्य समाचार : पार्टी एकता- १३ घण्टा वार्तादेखि संयुक्त अपिलसम्म, गर्भपतन गराएको आरोपमा जनप्रतिनिधि पक्राउ

बैशाख ९, २०७५

NTC
Premier Steels

काठमाडौं, ९ वैशाख– पार्टी स्थापना दिवसकै दिन दुई ठूला कम्युनिस्ट पार्टी एमाले–माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गर्ने गरी गरेको उद्घोष सम्भव नभए पनि दुवै पार्टीले संयुक्त कार्यक्रममार्फत पार्टी एकताको साझा प्रतिबद्धता जनाउने भएका छन् ।

Muktinath Bank

६९औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको सन्दर्भ पारेर आज दुवै पार्टीले पार्टी एकता संयोजन समितिको आयोजनामा संयुक्त कार्यक्रम गर्दै छन्। कार्यक्रममा दुवै पार्टीका अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) ले सम्बोधन गर्दै आफ्ना कार्यकर्तालाई पार्टी एकताप्रति आशंका नगर्न सन्देश प्रवाह गर्ने तयारी भएको माओवादी केन्द्रका वरिष्ठ नेता तथा एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अहिले हाम्रा अगाडि दुई वटा मिति प्रस्तावित छन्, छलफल जारी नै छ,’ माओवादी नेता श्रेष्ठले भने,‘सम्भवतः ती दुई वटा मितिमध्ये एउटा मितिमा पार्टी एकताको औपचारिक घोषणा हुनेछ। आइतबार भने दुवै अध्यक्षले एकतामा साझा प्रतिबद्धता जनाउँदै आशंका नपाल्न अपिल गर्नुहुनेछ।’, अन्नपूर्ण पोस्टमा खबर छ। 


Advertisment
Nabil box
Kumari

नयाँ पत्रिकाअनुसार अध्यक्षद्वय ओली र प्रचण्डबीच तीन दिनयता १३ घन्टा वार्ता भएको छ । बिहीबार र शनिबार प्रधानमन्त्रीनिवास बालुवाटार तथा शुक्रबार माइतीघरस्थित एक घरमा दुई अध्यक्षबीच लगातार ‘वान टु वान’ वार्ता भइरहेको छ ।

Vianet communication

पहिलो दिन पौने ३ घन्टा, दोस्रो दिन ४ घन्टा तथा शनिबार ३ बजेदेखि राति ९ बजेसम्म दुई नेताबीच छलफल भएको हो । उच्चस्रोतका अनुसार पछिल्ला दिनमा देखिएको अन्योल र आशंका चिर्ने गरी छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ ।

कांग्रेसको आरोप– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वर्तमान सरकार एकदलिय शासन चलाउने अभ्यासमा लागेको आरोप लगाएको छ । सरकारको नेतृत्व गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न स्वायक्त निकायलाई आफ्नो मातहतमा ल्याएका कारण कांग्रेसले शंका व्यक्त गरेको हो । 

काठमाडौंमा भएको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले स्वायत्त निकायका रुपमा रहेका सम्पत्ति सुद्धिकरण, गुप्तचर संयन्त्रलगायतलाई प्रधानमन्त्रीले आफू मातहत राखेको विषयप्रति लक्षित गर्दै सबै अधिकार आफूमा निहित गराई सरकारले अधिनायकवादी शासन शुरु गर्ने संकेत दिएको बताए । 

कांग्रेस काठमाडौको जिल्ला भेलामा बोल्ने अन्य नेताहरुले भने नेतृत्वको आलोचना गरे । कार्यक्रममा महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाले सभापति देउवाको कार्यशैलीको आलोचना गरेका हुन् ।

केरुङ–काठमाडौं रेलमार्ग चीनको सहयोगमा– काठमाडौं–केरुङ रेलमार्गलाई अनुदानमा बनाउन सरकारले चीन समक्ष प्रस्ताव गरेको छ । चीन भ्रमण पुरा गरी शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो रेलमार्ग प्राथमिकतासाथ बनाइदिन चीन सरकार समक्ष प्रस्ताव राखेको जानकारी दिए । 

नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच ५ बैशाखमा बेइजिङमा भएको वार्तामा ‘वान बेल्ट वान रोड’ मार्फत ‘क्रस हिमालय केनेक्टिभिटी नेटवर्क’ अघि बढाउने सहमति भएको थियो । मन्त्री ज्ञवालीका अनुसार केरुड–काठमाडौंका साथै काठमाडौंवाट पोखरा हुँदै लुम्विनी जोड्ने रेलमार्गको सभाब्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयारीवारे छलफल भएको छ ।

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । शनिबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिए ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको मुख्यमन्त्री सहायता कोष विधेयक, २०७५ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने, भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा पेश गरिएको जलस्रोत उपयोग विधेयक, २०७५ को मस्यौदा र प्रदेश सडक बोर्ड विधेयक, २०७५ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको मन्त्री केसीले बताए ।

जिप दुर्घटनामा तीनको मृत्यु– डोटीको शिखर नगरपालिका–३ आली गाउँमा शनिबार दिउँसो यात्रु बोकेको जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी अन्य १६ जना घाइते भएका छन् ।
दिपायलबाट जोरागाउँतर्फ जाँदै गरेको शैलेश्वरी यातायातको ग १ ज ५२७५ नंको जिप गाउँ नजिकै खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा शिखर नगरपालिका–३ जोरगाउँकै ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी सार्की र १४ वर्षीय बालक सुरज भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । 

गर्भपतन गराएको आरोपमा जनप्रतिनिधि पक्राउ–रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कार्यपालिका सदस्य सुनारले विवाह गर्ने आश्वासन दिँदै बेलाबेला अवैध यौन सम्पर्क गरेर आफूलाई गर्भवती बनाएको भन्दै ती महिलाले प्रहरीसमक्ष उजुरी दिएकी छिन् । सहमतिमा अवैध यौन सम्पर्क भए पनि गर्भपतनपछि अत्यधिक रक्तस्राव भएपछि महिलाले प्रहरीसमक्ष उजुरी दिएको बताइएको छ । 

संसद्मा १४.४९ प्रतिशत मात्र युवा– संसद्मा १४.४९ प्रतिशत सांसद मात्र युवा निर्वाचित भएका छन् । प्रतिनिधिसभा, राष्ट्रियसभा र  प्रदेशसभा गरी तीन तहमा  १४.४९ प्रतिशत मात्र युवा निर्वाचित भएको राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले बताए ।

कूल ८८४ सांसदमध्ये १७० जना मात्रै युवा सांसद निर्वाचित भएका छन् ।  तीमध्ये संघको प्रतिनिधिसभामा ३६ र राष्ट्रियसभामा चार तथा प्रदेशसभामा १३० जना गरी कूल १७० जना युवा सांसद रहेका छन् । जसमा प्रतिनिधिसभामा १३.०९ प्रतिशत, राष्ट्रियसभामा ६.७७ प्रतिशत र प्रदेशसभामा २३.६३ प्रतिशत युवा सांसद बनेका छन् । 

नगर प्रमूखमाथि आक्रमण– भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि दुईजनाले आक्रमण गरेका छन् । शनिबार साँझ करिब ६ बजे उनको निवास अगाडि घर प्रवेश गर्न लागेका बेला  अपरिचित दुई व्यक्तिले ‘मेयरसाब’ भनी बोलाउँदै फलामे रडले प्रहार गरेको घाइते प्रमुख श्रेष्ठले जानकारी दिए । 

आक्रमणपछि घाइते श्रेष्ठको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ । घाइते प्रमुखको खुट्टा, दाहिने हात र टाउकोमा चोट लागेको छ । 

बलात्कारीलाई मृत्युदण्ड सजायँ– भारतमा बलात्कारीलाई मृत्युदण्ड सजायँ दिने ऐन पारित भएको छ । केन्द्रीय मन्त्रिपरिषद् बैठकले १२ वर्षभन्दा कम उमेरका बालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड दिने निर्णय गर्दै ‘प्रोटेक्शन अफ चिल्ड्रेन फ्रम सेक्सुअल अफेन्स’ अर्थात पक्सो एक्टमा संशोधनको अनुमति दिएको हो । 

भारतीय सञ्चारमाध्यमका अनुसार यो निर्णयसँगै १२ वर्षभन्दा कम उमेरका बालिकामाथि बलात्कार गर्नेलाई मृत्युको सजाय दिने बाटो खुलेको छ । 

सिक्किम युनाइटेड क्वाटरफाइनलमा– सिक्किम युनाइटेड क्लब भारत इलाममा जारी चौथो अन्तरराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इलामको ठूलो टुँडीखेलमा शनिबार भएको खेलमा संकटा क्लब काठमाडौँलाई १–० को कठिन जित निकाल्दै पाहुना टिम सिक्किमले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

सिक्किमले अब १२ वैशाखमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको सामना गर्नुपर्नेछ । प्रतियोगिताअन्तर्गत आइतबार दुर्गापुर स्टिल टिएसवाई क्लब भारत र विभागीय टिम नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x