×

NMB BANK
NIC ASIA

गाउँपालिकाको सेवा लिन तीन दिन

बैशाख ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

म्याग्दी, ९ वैशाख- अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दा गाउँपालिकाको केन्द्रमा पुगेर सेवा लिनका लागि तीन दिन लाग्ने गरेको छ । 

यातायात र सडकको सहज सुविधा नहुँदा ६ नं वडामा पर्ने पोखरेबगरमा रहेको गाउँपालिकाको कार्यालयमा पुगेर सेवा लिन स्थानीयवासीलाई सास्ती भएको हो । पर्वतको जलजलादेखि सदरमुकाम बेनी झरेर पुनः रघुगंगा गाउँपालिका हुँदै पोखरेबगर पुग्दा गाडीमा पूरै दिन लाग्ने गरेको नांगीकी जसमाया पुर्जाले बताउनुभयो । 

“चुनावमा सिंहदरबार गाउँमा आएको प्रचार सुनिएको थियो तर अहिले हामीलाई पालिकाको केन्द्रमा पुगेर सेवा लिँदा भारत गएजस्तो भएको छ”, पुर्जाले भन्नुभयो, “कार्यालयमा पुग्दा दरबन्दी अनुसारका पर्याप्त जनशक्तिको अभावले ढिलाइका साथै आर्थिक कारोबारका लागि पुनः सदरमुकाम बेनी पुग्नुपर्दा झन्झट र दुःख भएको छ ।” 

नांगी सडक मर्मतको उपभोक्ता समितिकी पदाधिकारी रहनुभएकी पुर्जाले गाउँपालिकामा पुगेर सेवा लिन र घर फर्कन तीन दिन समय लागेको बताउनुभयो । ४२० घरधुरीमा दुई हजार जनसंख्याको बसोबास रहेको यस वडाको नांगी, थावन, राम्चे, काफलडाँडा, धारापानीको बस्तीमा सडक पुगे पनि महभिर गाउँ अझै सडक सञ्जालमा जोडिन सकेको छैन ।

Muktinath Bank

महभिर र बेनीदेखि पर्वतको जलजला गाउँपालिका हुँदै राम्चेमा सडक पुगे पनि कच्ची र जीर्ण अवस्थाका कारण नियमित सवारी सञ्चालन हुन सकेको छैन । 

करीब २० किलोमिटर दूरीको महभिर हिस्तान राम्चे सडक साँघुरो, जीर्ण र अप्ठ्यारो हुँदा ट्र्याक्टर बाहेकका सवारी साधन चल्दैनन् । “कच्ची अवस्थाको बेनी मल्लाज राम्चे सडक घुमाउरो छ”, राम्चेका फसबहादुर गर्बुजाले भन्नुभयो, “गाउँपालिकाको केन्द्रमा पुग्न २० देखि २५ हजार रुपैयाँमा जिप रिजर्भ गर्नुपर्छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विकास योजनाको सम्झौता, भुक्तानी र फरफारक गर्न, पालिकाको सेवा लिन सर्वसाधारणदेखि बैठक, सभा तथा कार्यक्रममा सहभागी हुन जाने जनप्रतिनिधिले सास्ती व्यहोर्नु परेको छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x