आईपीएल : सनराइजर्स हैदरावाद विजयी, प्लेअफमा पुग्ने पक्का

बैशाख २५, २०७५

काठमाडौं, २५ वैशाख– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । 

राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाँच रनले हराएको हो । 


ADVERTISEMENT

टस हारेर व्याटिङ गरेको हैदरावादले कप्तान केन विलियम्सनको ५६ रनको मद्दतमा १४६ रन बनाएको थियो । १४७ रनको लक्ष्य पछ्याएको बैंग्लोर निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४१ रनमा समेटियो । 

आईपीएलको जारी ११ औं संस्करणमा हालसम्म ३९ खेल भएका छन् भने हैदरावाद १० खेलमा ८ जितका साथ १६ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा छ । योसँगै हैदरावाद प्लेअफमा पुग्ने पक्का भइसकेको छ ।

यता रोयल च्यालेन्जर्स बैंग्लोरले १० खेलमा केबल ३ खेलमात्र जित्न सकेको छ । उ अंक तालिकामा ६ अंकका साथ छैठौं स्थानमा छ । 

बैशाख २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार