वेभसाइट म्याड ओभर मार्केटिङले फेरि सराहना गर्‍यो गोर्खा बियरको ‘हामी गोर्खाली’ क्याम्पियनलाई

बैशाख ३०, २०७५

काठमाडौं, ३० बैशाख- भारतको प्रमुख अनलाइन मार्केटिङ वेभसाइट म्याड ओभर मार्केटिङ (एम.ओ.एम) ले नेपालको गोर्खा बियरको अर्को मिनिमल प्रिन्ट क्याम्पियनलाई अनलाइन प्ल्याटफर्म (फेसबुक, इन्ष्टाग्राम पेज र वेभसाइट ) मा स्थान दिएको छ । सो क्याम्पियनमा “हामी गोर्खाली” भन्ने वाक्यांशलाई मुख्य सन्देश बनाइएको छ । यो थिमलाई खुकुरीको छाँयाकृतिले प्रतिबिम्वित गर्दछ । 


गोर्खा बियरको क्याम्पियनको प्रशंसा गर्दै म्याड ओभर मार्केटिङ (एम.ओ.एम)ले भनेका छन्, “यो क्याम्पियनले गोर्खा बियरको मुख्य ब्राण्ड भ्याल्युलाई निकै राम्रो तरिकाले अभिव्यक्त गरेको छ । गोर्खा बियरलाई वास्तविक गोर्खालीको साहससँग आवद्ध गरेर गोर्खा बियरले फेरि एक पटक सही ठाउँमा निशाना लगाउन सफल भएको छ ।”

म्याड ओभर मार्केटिङ (एम.ओ.एम) ले थप भनेको छ, “गोर्खा बियर एउटा त्यस्तो ब्राण्ड हो जुन अरुको पछि लाग्दैन । यसले अपनाउने सिद्धान्त र पस्किने सन्देश पनि आफ्नो समकालीनहरुभन्दा ज्यादै पृथक हुन्छ ।

 

यस पटक ब्राण्डले आफ्नो क्याम्पियनलाई एक कदम अघि लगेर नेपालका त्यस्ता असली साहसी नेपालीहरुलाई देखाएको छ, जसले आफ्नो देशमै बनाइएको बियरलाई गर्वका साथ पिउँछन् । यही कुरालाई “हामी गोर्खाली क्याम्पियन”ले उनीहरु को हुन् र उनीहरुको सोच के छ भन्ने कुरालाई सटिकरुपमा दर्शाएको छ ।”


आफ्नो सोसल मिडियाको प्ल्याटफर्ममा निरन्तररुपमा अर्थपूर्ण मार्केटिङ कन्टेन्ट र आइडियाहरु पस्किने कारणले गर्दा म्याड ओभर मार्केटिङ (एम.ओ.एम) लाई विश्वभरि नै मानिसहरु फलो गर्ने र रुचाउने कम्पनीको विश्वास छ । 
उत्कृष्ट कार्यहरुलाई सम्मान गर्नका लागि परिचित एम.ओ.एमलाइ अनलाइन मार्केटिङ क्रीटिक साइटहरुको ओस्कर नै मानिन्छ ।

गोर्खा बियरको यस अघि ल्याइएको डिजिटल क्याम्पियनले पनि वीर गोर्खा सैनिकहरुको व्यक्तित्वलाई झल्काएको थियो । गोर्खाले सधैं व्यक्तित्व र चरित्रका त्यस्ता विशेषताहरुलाई दर्शाउँछ, जसले यी गोर्खालीहरुलाई वास्तविक गोर्खाली बनाउने कम्पनीको विश्वास छ ।

बैशाख ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस