इराकी चुनाव : अमेरिकाविरोधी धर्मगुरु मोक्तदा सद्र जीतको संघारमा

जेठ १, २०७५

काठमाडौं, १ जेठ – इस्लामिक स्टेट समूहको हारपछि इराकमा भएको पहिलो निर्वाचनको प्रारम्भिक परिणाममा शिया धर्मगुरु मोक्तदा सद्र र पूर्व इरानी लडाकूहरूका नेता अघिअघि छन् । 

कुनै पनि दलले बहुमत ल्याउने सम्भावना भने देखिँदैन । अन्तर्राष्ट्रिय स्तरमा समर्थनप्राप्त वर्तमान प्रधानमन्त्री हैदर अल आब्दी चाहिँ पछि परिरहेका छन् । एएफपीसँग भएको आंशिक मतपरिणामअनुसार, शिया धर्मगुरु सद्रको मार्चिङ
टुवर्ड्स रिफर्म गठबन्धन र उनका कम्युनिस्ट सहयोगीहरू इराकका १८ प्रान्तमध्ये ६ मा अघि छन् भने चारमा दोस्रो स्थानमा छन् । सद्रले भ्रष्टाचारविरोधीका रूपमा पहिचान बनाएका छन् । 

मोक्तदा सद्र आरम्भदेखि नै अमेरिकाविरोधी हुन् । अमेरिकाले सुन्नी तानाशाह सद्दाम हुसेनलाई मारेपछि सद्रको संगठनले इराकमा प्रभाव जमाउन शुरु ग–यो । सद्दाम मारिएपछि शियाबहुल सरकार सत्तामा आएको थियो ।

एजेन्सी
 

जेठ १, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस