×

NMB BANK
NIC ASIA

चित्रबहादुरको निष्कर्ष– प्रदेशमा दोस्रो कार्यकालका लागि चुनाव गर्नै पर्दैन

जेठ २, २०७५

NTC
Premier Steels

काठमाडौं, २ जेठ – संघीयताको विरोध गर्दै आएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेशका लागि अर्कोपटक चुनाव गर्नु नपर्ने दाबी गरेका छन् । विदेशीको आडमा एकाध वर्ष संघीयता टिके पनि यसको विरोधमा जनता सडकमा आउने उनको दाबी छ ।

Muktinath Bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका क्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबालु राउतले दिएको अभिव्यक्तिले केन्द्र र प्रदेशबीच विवाद शुरु भएको र यो विस्फोटक अवस्थामा पुग्ने केसीको विश्लेषण छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘संघीयतालाई डाँडो कटाउनुपर्छ भनेर मैले भन्दा मलाई गिज्जाइयो, अब यसको फल देख्न लागिएको छ,’ केसीले लोकान्तरसँग भने, ‘विदेशीले एकदुई वर्ष अड्याउलान्, तर पर्दा खुलिसकेको छ ।’


Advertisment
Nabil box
Kumari

राष्ट्रिय जनमोर्चाले केहीदिन पहिले प्रधानमन्त्रीको कार्यालयमा संघीयता खारेजीको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । ‘मुख्यमन्त्री र मन्त्रीका लागि यस्तो तामझाम गर्नु परेपछि संघीयता आर्थिक रूपले धान्न सक्ने कुरा भएन, जनताले पनि विस्तारै कुरा बुझ्दै छन्,’ मधेसमा समेत संघीयताको विपक्षमा जनमत रहेको उनको दावी छ ।

Vianet communication

जनकपुरमा लैनचौर हावी भयो

पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले मोदीको अभिनन्दनको क्रममा जनकपुरमा नेपाल सरकारभन्दा भारतीय दूतावास हावी भएको आरोप लगाए । ‘नेपालका राष्ट्रपति जाँदा ढुङ्गामुढा गर्ने, भारतीय प्रधानमन्त्री आउँदा त्यस्तो तामझामपूर्ण अभिनन्दन गर्नुको नियत के हो ?’ केसीले प्रश्न गरे ।

उनले भारतीय जनता पार्टीका नेता कीर्ति आजादले भनेजस्तै भारत प्रदेश नम्बर २ लाई अलग्याउने षड्यन्त्रमा लागेको आरोप लगाए ।

सत्ताधारीहरू मोदी समक्ष नतमस्तक भए

नेता केसीले सत्तारुढ दलहरू भारतीय प्रधानमन्त्री मोदीसँग नतमस्तक भएको आरोप समेत लगाए । ‘मोदीले पहिला संविधान जारी गर्न नदिन विशेष दूत पठाए, त्यो रोकिएन । खारेजीका लागि अन्तर्राष्ट्रियकरण गरे, असफल भए । अहिले आफू अनुकूल संशोधन गराउन दबाब दिँदैछन,’ केसीले भने ।

नेपालका दलहरूलाई ललाइफकाइ संशोधन मार्फत् आफ्नो उदेश्य पूरा गर्ने उनीहरूको सोच रहेको केसीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x