×

NMB BANK
NIC ASIA

मलेसियाका नेता अनवर इब्राहिम कारावासमुक्त

जेठ २, २०७५

NTC
Premier Steels

काठमाडौं, २ जेठ – मलेसियाली राजनीतिकर्मी अनवर इब्राहिमलाई कारागारबाट मुक्त गरिएको छ । उनले विपक्षी दलको निर्वाचन विजय मलेसियाको नयाँ शुभप्रभात भएको टिप्पणी गरे । 

पहिला मलेसियाको भविष्यका नेता भनी हेरिएका उनलाई सरकारसँग मतभेद भएपछि अप्राकृतिक यौन र भ्रष्टाचारको आरोपमा कारावास सजाय दिइएको थियो । 

मलेसियाका नयाँ प्रधानमन्त्री महाथिर मोहम्मदले अनवरका लागि क्षमादान मागेका थिए र यो बुधवार बिहान दिइयो । 

महाथिरले दुई वर्षपछि अनवरलाई प्रधानमन्त्री बनाउनका लागि पदत्याग गर्ने प्रतिज्ञा गरेका छन् । 

अनवरलाई तीन वर्षअघि दोस्रोपटक कारावास सजाय दिइएको थियो । आफूविरुद्ध अप्राकृतिक मैथुनको मिथ्या आरोप लगाइएको उनले बताउँदै आएका थिए । 

कारागारमुक्त भएपछि उनले एक पत्रकार सम्मेलनको आयोजना गरेर मलेसियाली जनतालाई धन्यवाद दिए जो ‘लोकतन्त्र र स्वतन्त्रताको सिद्धान्तलाई अँगालेर बसेका छन्’ । 

वर्षौंसम्म अनवरले मलेसियाको विपक्षी आन्दोलनको नेतृत्व गरेका थिए । उक्त आन्दोलनले सत्तारूढ दललाई देशको इतिहासमा पहिलोपटक हराएको छ । 

अघिल्लो हप्ताको स्तब्धकारी निर्वाचन परिणामपछि महाथिर र अनवरको पुनर्मिलन सम्भव भएको हो । महाथिरले नै अनवरलाई २० वर्षअघि कारागारमा कोचेका थिए । 

अनवरले महाथिरलाई माफी दिएको र नयाँ सरकारलाई पूर्ण समर्थन दिने बताए । तर उनी तत्कालै सरकारमा जाने छैनन् ।

बीबीसीबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x