×

NMB BANK
NIC ASIA

मदन भण्डारी स्मृति दिवसमा एमाले माओवादीबीच पार्टी एकता

जेठ २, २०७५

NTC
Premier Steels

काठमाडौं २ जेठ– कयौ आशंका र अड्कलबाजीका बीच देशका प्रमुख दुई ठूला कम्युनिष्ट पार्टी एकताका लागि तयार भएका छन् । मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर दुई दलबीच एकता हुन लागेको हो । 

Muktinath Bank

यसअघि लेनिन जयन्तीको अवसर पारेर दुई पार्टीबीच एकता गर्ने तयारी गरिएको भएपनि केही विषयमा सहमति जुट्न नसकेपछि एकता प्रकृया पर सरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनताको बहुदलीय जनवादको शुत्राधार र एमालेका आदर्श ने मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर माओवादीसँग एकता गर्न लागेको छ । 


Advertisment
Nabil box
Kumari

एमालेका तत्कालिन महासचिव मदन भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा सवारी दुर्घटनामा परि मृत्यु भएको थियो । 

Vianet communication

मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद की माओवादीले अंगीकार गर्दै आएको एक्काइसौं शताव्दीको जनवादका विषयमा माओवादी र एमालेबीच कुरा मिलिसकेको छैन । ती विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने एमाले र माओवादीबीचको पार्टी एकता सम्बन्धि सात बुँदे सहमतिमा उल्लेख छ ।

सहमतिमा जनताको बहुदलीय जनवाद अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पपर्धा मार्फत आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यमा समान धारण रहेको उल्लेख गरेका छन् । 

भोलि एकिकृत दल दर्ता गर्ने तयारी

दुबै पार्टीको केन्द्रीय समितिबाट औपचारिक निर्णय गराएर बिहीवार नै निर्वाचन आयोगमा एकीकृत कम्युनिष्ट पार्टीको दर्ता गर्न लागिएको हो । बिहीवार नै पत्रकार सम्मेलन मार्फत एकताको घोषणा गर्ने दुई दलको तयारी छ । 

पार्टी एकताको घोषणा भने केही दिनपछि काठमाडौंमा सभा आयोजना गरेर गर्ने दुई दलको तयारी छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार बिहान भएको छलफलमा पार्टी एकताको सहमति भएको हो । 

पार्टी एकीकरणमा सहभागी केही नेताहरुसहित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको थियो । 

‘सकेसम्म भोलि (बिहीवार) नै नभए सरकारका नीति तथा कार्यक्रम आउनु अगावै जेठ ६ गतेभित्र पार्टी एकता गर्ने सहमति भएको छ’ एमाले स्रोतले भन्यो । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई यही संसदको पछिल्लो दुई बर्ष प्रधामनन्त्री बनाउने सुनिश्चिततासहित पार्टी एकतामा ‘ब्र्रेक थु्र’ भएको स्रोतको भनाइ छ । केन्द्रीय समितिमा एमालेको ५६ प्रतिशत र माओवादी केन्द्रको ४४ प्रतिशत रेसियोमा एकता गर्ने सहमति भएको स्रोतको भनाइ छ । यसअघि माओवादीले बराबरी हैसियत र एमालेले ६०/४० को रेसियोमा एकता गर्न प्रस्ताव गरेपछि सहमति जुटन सकेको थिएन । 

पार्टी एकता गर्ने भन्दै गत बर्षको असोज १७ गते एमाले र माओवादीले वामपन्थी गठबन्धनको घोषणा गरेका थिए । दुई दलले विबादित बिषयलाई महाधिवेशनमा लगेर टुंगाउने गरी फागुन ७ गते पार्टी एकताको सैद्धान्तिक सहमति भएको थियो । 

तर सरकार सन्चालनमा प्रधानमन्त्री ओलीको एकलौटी बढेको भन्दै माओवादी झस्किएको थियो । वैशाख ९ मै पार्टी एकता गर्ने भनिएपनि तयारी अभाव जनाउँदै पार्टी एकता भएको थिएन । प्रचण्डले संसदको यही कार्यकालमा प्रधानमन्त्री र महाधिवेशनपछि अध्यक्ष सुनिश्चितताको माग राखेपछि सहमति जुटन सकेको थिएन ।

ओलीपछिको प्रधानमन्त्री प्रचण्ड

संसदको ५ वर्षे कार्यकालको पछिल्लो दुई वर्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन राजी भएपछि माओवादी पार्टी एकताका लागि तयार भएको हो । ओली प्रधानमन्त्री रहेको समयमा पार्टीमा कार्यकारी भूमिका पाउनु पर्ने प्रचण्डको माग छ ।

तत्कालका लागि एकतापछि बन्ने दुई जना अध्यक्ष रहने यसअघि नै सहमति भइसकेको छ । एकताको औपचारिक निर्णय गर्न दुबै पार्टीको स्थायी समितिको बैठक बसिरहेका छन् । एमाले स्थायी समिति बैठक बालुवाटार र माओवादी सचिवालय बैठक खुमलटारमा बसिरहेको छ । दुबै दलले बिहीवार केन्द्रीय समितिको बैठक बोलाएका छन् । 

पार्टी एकताको निर्णय केन्द्रीय समितिबाट गर्नुपर्ने भएकोले बैठक बोलाइएको एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए । बिहीवार अपरान्ह राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी एकता घोषणाको तयारी छ । 

पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति भएपनि निर्वाचन आयोगमा सो दल दर्ता छ । नेत्र विक्रम चन्द विप्लवको पार्टीको नाम पनि नेपाल कम्युनिष्ट पार्टी राखिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x