एकता संयोजन समितिको बैठक बस्दै : पार्टी विघटन र नेकपा गठनको निर्णय लिने

जेठ ३, २०७५

काठमाडौं, ३ जेठ– एमाले माओवादी एकता संयोजन समितिको बैठक बिहीबार बस्दैछ । 

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको छलफलपछि बिहीबार एकता संयोजन समितिको बैठक बस्ने सहमति अनुसार बैठक बस्न लागेको हो । 


ADVERTISEMENT

बिहान १० बजे बस्ने एकता संयोजन समितिको बैठकले पार्टी एकताका विषयमा थप निर्णय गर्ने छ । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्न लागेको हो ।

दुई अध्यक्षबीच सहमति भइसकेको एकतासम्बन्धी राजनीतिक र सांगठनिक प्रतिवेदनलाई संयोजन समितिले अनुमोदन गर्नेछ । र, दुवै पार्टी विघटन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ गठनको निर्णय गरिनेछ ।

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस