×

NMB BANK
NIC ASIA

नेकपा इतिहासकै ठूलो दल बन्दै : एकता घोषणा अघि के-के हुँदैछ ?

जेठ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ जेठ– दुई ठूला वाम दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिहीबार एकीकरण हुँदै छन् । मदन–आश्रित स्मृति दिवसको अवसर पारेर दुवै पार्टीले आ–आफ्ना पुराना संरचना विघटन गरी नेपाल कम्युनिस्ट पार्टी गठन गर्न लागेका हुन् । 

Muktinath Bank

पार्टी एकिकरण अगाडी दुवै दलको संयुक्त र छुट्टाछुट्टै बैठक बस्दै छन् भने एकता संयोजन समितिको बैठक पनि बस्न लागेको छ । यसैगरी दुवै पार्टीका अध्यक्ष एकै कार्यक्रममा सहभागी पनि हुने छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसको अवसरमा एमालेले बिहान ७ः३० बजे पुरानो पार्टी कार्यालय बल्खुमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड सहभागी हुने छन् । 


Advertisment
Nabil box
Kumari

मदन भण्डारीको सालिकमा ओली–प्रचण्डद्वारा माल्यार्पण गर्ने कार्यक्रम छ ।  कार्यक्रममा प्रमुख वक्ता प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताका विषयमा महत्वपूर्ण घोषणा गर्ने बताइएको छ । 

Vianet communication
Laxmi Bank

यस्तै बिहान १०ः०० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्दै छ । बैठकबाट एकताको निर्णय हुने छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा संयोजन समितिको बैठक बोलाइएको हो ।

बिहान ११ः०० बजे एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ भने १ः०० बजे माओवादी सचिवालयको बैठक बसने छ  । दुवै पार्टीका बैठकले पार्टी विघटन गरी एकीकरणको निर्णय गर्नेछन् ।

त्यसपछि दिउँसो ३ः०० बजे दुवै पार्टीको संयुक्त बैठक बस्ने छ । दुवै पार्टीले एकता अनुमोदन गरेलगत्तै संयुक्त बैठक बस्ने तयारी भएको हो । बैठकमा दुवै पार्टीका नेताहरू सहभागी हुनेछन् ।

यसैगरी दिउँसो ४ः०० बजे निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्ने तयारी छ ।  एकता संयोजन समिति र दुवै पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयपछि एकीकरणको निर्णयसहित नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने तयारी छ । 

निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएपछि नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट साँझ ५ः०० बजे पत्रकार सम्मेलन गरेर एकताको औपचारीक घोषणा हुने छ । राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गर्न लागिएको हो ।

एमाले र माओवादीको एकीकरणबाट बन्ने नयाँ पार्टी जनमतका आधारमा इतिहासकै ठूलो पार्टी बन्नेछ । ५२.३७५ जनमतको प्रतिनिधित्व गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x