पार्टी एकताका सूत्रधार विष्णु पौडेल एकीकृत पार्टीको महासचिव

काठमाडौं ३ जेठ– नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको मुख्य सुत्राधार विष्णु पौडेल संयुक्त पार्टीको महासचिव बन्ने भएका छन् । 

दुई पार्टीको एकता संयोजन समितिको बिहीवार बसेको बैठकले ९ सदस्यीय सचिवालय बनाउने र पौडेललाई महासचिव बनाउने निर्णय गरेको हो । सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार

नेपाल, झलनाथ खनाल, वामदेव गौतम, इश्वर पोखरेल, विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासदस्य रहने सचिवालय बनाएको थियो ।

नयाँ पार्टीको महासचिव बन्न लागेका पौडेल एमालेका उपमहासचिव थिए । माओवादीसँगको चुनावी गठबन्धन बनाउन पनि उनले भूमिका खेलेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग ओलीको सम्बन्ध स्थापित गर्न पौडेलले विशेष भूमिका खेलेका थिए । 

२०६५ सालमा बनेको प्रचण्ड सरकारमा पौडेल उर्जा मन्त्री थिए । ओली लगायत पार्टीका प्रभावशाली नेताहरु सरकारमा गएपछि पार्टीका महत्वपूर्ण कामको जिम्मेवारी पौडेलले सम्हाल्दै आएका थिए । 

यो पनि,

पार्टी एकता २४ या ४८ घण्टामा सकिने विषय होइन, नेतृत्वमा समस्या छैन : विष्णु पौडेल [भिडियो अन्तर्वार्ता]

 

 

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस