एकीकृत पार्टीका केन्द्रीय सदस्यले लिए ‘एकता जोगाउँछु’ भन्ने शपथ

काठमाडौं, ३ जेठ–नवगठित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । उनीहरुलाई केपी ओलीले शपथ खुवाएका हुन् ।

बालुवाटारमा एमाले र माओवादी पार्टी विघटन भएसँगै एकिकृत पार्टीको बैठक बसेको छ जहाँ शपथ लिने कार्यक्रम रहेको छ । 

यस्तो छ शपथको ढाँचा

म....... नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी लिइरहेको यस महत्वपूर्ण घडीमा सहिदको रगतद्वारा रञ्जित पार्टीको झण्डा सामु उभिएर प्रतिज्ञा गर्दछुः

म पार्टीको मागदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढता साथ अनुशरण गर्दै पार्टी विधानलाई इमान्दारिताका साथ पालना गर्नेछु । पार्टीको गोपनीयता तथा एकता जोगाउँदै स्वच्छ एवम् नैतिक आचरणयुक्त जीवन विताउने छु र सबैखाले प्रतिक्रियावादी शक्ति गलत विचार र गलत व्यवहारका विरुद्ध दृढतापूर्वक जुझिरहनेछु ।

नेपाली क्रान्ति-जिन्दावाद
माक्सवाद लेनिनवाद- जिन्दावाद

 

तस्वीर-गगन अर्याल

जेठ ३, २०७५ मा प्रकाशित

ईश्वर अर्याल

अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस