पार्टी एकीकरण भएको खुसियालीमा दीपावली

जेठ ३, २०७५

बुटवल, ३ जेठ - नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण भएको खुसियालीमा आज साँझ रुपन्देहीका विभिन्न स्थानमा दुवै पार्टीका नेता तथा कार्यकर्ताले संयुक्त रुपमा दीपावली गरेका छन् । 

पार्टी एकीकरणबाट निर्वाचनका बेला जनतासमक्ष व्यक्त गरिएका प्रतिबद्धता नेताहरुले पूरा गरेको र अब मुलुक विकास र समृद्धितर्फ अगाडि बढ्ने विश्वासका साथ एकीकरणले सबैमा खुसियाली प्रदान गरेको भन्दै दीपावली गरिएको विघटित एमाले रुपन्देहीका सदस्य बाबुराम पन्थीले बताउनुभयो । 

एकीकरणको सन्देश अब आम जनतामा पु¥याउने तथा जनताका आवश्यकताका विषयलाई सम्बोधन गर्न राजनीतिक रुपले अब कुनै अवरोध नहुने बताउँदै विघटित माओवादी केन्द्रका नेता वनोद पहाडीले भन्नुभयो “यो एकता नेपालको वाम आन्दोलनमा ऐतिहासिक उपलब्धि भएको छ ।” 

विघटित एमाले रुपन्देहीका अध्यक्ष तथा बुटवल उपमहानगरपालीकाका प्रमुख शिवराज सुवेदी दुबै पार्टीको एकताले अब मुलुकमा राजनितिक स्थिरतासहित शान्ति, स्थायित्व, विकास र समृद्धिको अवसर आएकोे बताउनुभयो । 
एकताको खुसियालीमा जिल्लाका प्रमुख शहर बुटवल, भैरहवा तथा ग्रामीण क्षेत्रमा समेत दीपावली गरिएको विघटित एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले जानकारी दिनुभयो ।

जेठ ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार