×

NMB BANK
NIC ASIA

एमाले-माओवादीबीचको पार्टी एकतामा यस्तो आयो कांग्रेसको प्रतिक्रिया

जेठ ३, २०७५

NTC
Premier Steels

काठमाडौं, ३ जेठ– बिहिबार एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनुलाई कांग्रेसले सकारात्मक रुपमा लिएको जनाएको छ । 

Muktinath Bank

दलहरुबीचको एकताले लोकतन्त्रलाई बलियो बनाउने भन्दै यसलाई पार्टीले सकारात्मक रुपमा लिएको कांग्रेसको भनाई छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रमुख दल एमाले र माओवादी केन्द्रबीचको एकतालाई पार्टीले स्वागत गर्ने बताए । 


Advertisment
Nabil box
Kumari

‘दलहरुको विभाजनले लोकतन्त्रलाई क्षति गर्छ ।  दलहरुबीच एकता भयो भने त्यसले स्वाभाविक रुपमा लोकतन्त्रलाई बलियो बनाउँछ’, शर्माले भने, ‘त्यस हिसावले नेपाली कांग्रेस पार्टीले कुनै पनि दलको एकतालाई स्वागत गर्छ भने आफ्नो प्रतिस्पर्धी मुख्य दलहरुबीचको एकतालाई पार्टीले स्वागत नै  गरेका छौं । यसमा हामीले शुभकामना पनि दिएका छौं ।’

Vianet communication

यद्यपी केहि विषयमा चाहिँ प्रतिपक्षीको रुपमा पनि र एउटा पाको राजनीतिक दलको रुपमा पनि पार्टीले नेकपालाई सजग गराउने कर्तब्य भएको बताएका छन् । 

सत्ता बन्दा भन्दा बढी खतरा सत्ताको दम्भमा हुने भन्दै शर्माले त्यसप्रति पार्टी सधैं चनाखो भइराख्ने बताए ।  ‘एमाले र माओवादी विपरित ध्रुवको कम्युनिष्ट आन्दोलनको धारका हुन्’, उनले भने, ‘एकता भएपनि पछि केन्द्रीय सत्तामा को हाबी हुने भन्ने हुन सक्छ ।’

यदी यस्तो अवस्था आइलागे  नयाँ ढंगको दम्भ सिर्जना हुन सक्ने खतरा औंल्याउँदै शर्माले त्यो लोकतन्त्रका लागि खतरनाक हुन सक्ने बताए । 

महाभारतको लामो ब्याख्याको एक लाइन निश्कर्ष ‘अहंकारको बृक्षमा विनाशको फल लाग्छ’ भन्ने हुने भन्दै उनले त्यसप्रति बेलैमा सचेत हुनुपर्नेमा जोड दिए । उनले अगाडि भने, ‘उहाँहरुमा दम्भ रह्यो भने उहाँहरु र लोकतन्त्रलाई क्षति गर्छ । नेपालको अग्रगामीलाई क्षति गर्छ ।’

राजनीतिको सुरुवाती दिनमा प्रचण्ड र केपी ओलीले संसदीय व्यवस्थाको प्रधानमन्त्री हुन्छु भन्ने कल्पना समेत नगरेको उनले बताए । उनले भने, ‘बरु संसदीय व्यवस्थाको पार्थिक शरीरमाथि सर्वहाराको अधिनायकवाद स्थापना गर्ने भन्ने सपना र सपथ लिनिु भएको थियो । परिस्थितिले उहाँहरुले यो ठाउँमा ल्याइदिएको छ ।’ 

बाध्यताको बाटो भन्दा पनि अब ओली र प्रचण्डले मनस्थितिगत निष्ठाको बाटो बनाए एकता र लोकतन्त्रको भविष्य उज्ज्वल हुने उनको भनाई छ।

नेकपाले नेपाली जनतालाई धेरै सपना बाँडेको भन्दै त्यो सपना पूरा गर्न नसके स्वाभाविक रुपमा जनताबाट तिरस्कृत हुने पनि उनको बुझाई छ । अहिले दुई पार्टीबीच एकता भएपनि कांगे्रसलाई फाइदै पुगेको पनि उनको दाबी थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x