×

NMB BANK
NIC ASIA

साढे ३३ किलाे सुन प्रकरण : एसएसपी लाेहनीसहित २८ जना जेल चलान

जेठ ८, २०७५

NTC
Premier Steels

विराटनगर, ८ जेठ– मोरङ जिल्ला अदालतले हत्या तथा सुन काण्डमा संगठित अपराधकाे अभियाेग लागेका २८ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । सुन तस्करी र माेरङका सनम शाक्य प्रकरणमा पक्राउ परेका ३० मध्ये १ जना साधारणा तारेख र १ जना १५ हजार रूपैयाँ धराैटी तिरेर रिहा भएका छन्र । 

Muktinath Bank

नारायण प्रसाद शर्माको ईजलाशले एसएसपी श्याम खत्रीका ड्राईभर बिष्णु बहादुर खडकालाई १५ हजार धरौटी र खत्रीकै अंगरक्षक हवल्दार अम्मर बहादुर थापा मगरलाई साधारण तारेखमा छाडेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुन तस्करी र सनम शाक्यकाे हत्या मुद्दामा पुर्पुक्षका लागि थुनामा जानेमा प्रहरीका बहालवाला प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी, प्रहरी उपरीक्षक विकासराज खनाल, पूर्व डिआईजी गोविन्द निरौला,  डीएसपी  प्रजित केसी तथा सञ्जय राउत, सई बालकृष्ण सञ्जेल छन् ।  


Advertisment
Nabil box
Kumari

यस्तै ३३ किलो सुन तस्करीमा संलग्न भनिएका विमानस्थलका कर्मचारीहरु थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल र तुलाराम थारु पनि पुर्पक्षका लागि जेल चलान भएका छन् । 

Vianet communication

यस्तै सुन तस्करीमा लगानी गर्ने व्यापारीहरु भुजुङ गुरुङ, चाचाजी भनिने महावीर गोल्यान, राजेन्द्रमान शाक्य पनि जेल चलान भएका छन् ।  

सुन बेपत्ता भएपछि मारिएका सनम शााक्य हत्याका प्रतिवादी  मोहन काफ्ले, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्ला शेर्पा, मोहन घिमिरे र राजन कुमारलार्इ पनि मुद्दाकाे पुर्पुक्षका लागि जेल चलान गरिएकाे छ । 

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले वैशाख १९ गते पक्राउ परेका ३० जना र फरार ३३ सहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा संगठित अपराध निवारण ऐनसहित कर्तव्य जान, अवैध चोरी पैठारी, अपहरण तथा शरीर बन्धक र भन्सार ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो । 

सरकारी वकिलको अभियोग पत्रमा मुख्य अभियुक्त बनाइएका सुन तस्करी तथा सनम शाक्य हत्याका नाइके चूडामणि उप्रेती (गोरे) मंगलवार मात्रै पक्राउ परेका छन् । उनलाई मंगलवार नै जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ । 

जिल्ला अदालतमा उपस्थित गराइएका गोरेको थुनछेक बहसपछि अदालतले थुनामा राख्ने वा धरौटी तथा साधारण तारेखमा रिहा गर्ने भनेर आदेश जारी गर्ने छ । 

सुन तस्करीसँगै जोडिएको हुण्डी कारोबारमा संलग्न भनिएका थप २ जनालाई पनि प्रहरीले पक्राउ गरी मोरङ जिल्ला अदालतमा पेश गरिसकेको छ । थप २ जनासहित सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्तको संख्या ६५ पुगिसकेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x