×

NMB BANK
NIC ASIA

ओली–प्रचण्डको केन्द्रीय सदस्यलाई यस्तो निर्देशन

जेठ ११, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

 काठमाडौं, ११ जेठ- नेपाल कम्युनिस्ट पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकता बलियो एवं भ्रष्टाचार न्यूनीकरण अभियानमा जुट्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री निवास बालुवाटरमा बिहीबार सम्पन्न पार्टीको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वयले पार्टी एकतालाई मजबुत बनाउन पार्टीले दिइएको जिम्मेवारीअनुसार भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् ।

Muktinath Bank

पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाउने हस्ताक्षर एवं नागरिकता प्रतिलिपिका लागि प्रधानमन्त्री निवास बालुवाटरमा केन्द्रीय सदस्यको अनौपचारिक बैठक बोलाइएको थियो ।बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वयले पार्टीले दिएको जिम्मेवारीअनुसार आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयले पार्टीलाई विधि एवं प्रक्रियासम्मत रूपमा सञ्चालन गर्न तथा संघीय, प्रादेशिक र स्थानीय सरकार चलाउँदा भ्रष्टाचार नगर्न र हुन पनि नदिन निर्देशनसहित भ्रष्टाचार गर्नेलाई कारबाही गर्न निर्देशन दिएको बताए ।


Advertisment
Nabil box
Kumari

‘पार्टीले दिएको जिम्मेवारीअनुसार तोकिएको क्षेत्रमा निष्पक्ष रूपमा काम गर्न निर्देशन अध्यक्षद्वयले दिनुभयो,’ श्रेष्ठले भने, ‘हामी पनि भ्रष्टाचार गर्दैनौं, अरूलाई पनि गर्न दिँदैनौं र भ्रष्टाचार गर्नेलाई कारबाही गर्छौं ।’

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले दुई ठूला कम्युनिस्ट पार्टीबीचमा भएको एकता विश्व राजनीतिक इतिहासमै सबभन्दा ठूलो सफलता रहेको बताए । एकताले चुनौती पनि थपिएकाले मुलुक र जनताको विकासमा सरकारले ध्यान दिने बताउँदै उनले समाजवाद र समृद्धिका लागि आफूले भ्रष्टाचार नगर्ने र अरूलाई समेत गर्न नदिने उल्लेख गरे ।

यसैगरी, अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले कम्युनिस्ट पार्टीका नेताहरूको बानीबेहोरा बिग्रेको र पार्टीमा नातावाद, कृपावाद बढेको बताउँदै यसको अन्त्य गर्नुपर्ने बताए । कम्युनिस्ट पार्टी टुटफुटबाट नभई जुटेर अगाडि बढ्ने र मुलुक तथा जनताको चाहना पूरा गर्ने उनले बताए, राजधानी दैनिकमा खबर छ  ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x