×

NMB BANK
NIC ASIA

मोर्गन फ्रीम्यानले दुर्व्यवहारको आरोप लागेपछि मागे माफी

जेठ ११, २०७५

NTC
Premier Steels

काठमाडौं, ११ जेठ – अमेरिकाका अश्वेत फिल्म कलाकार मोर्गन फ्रीम्यानले आफूविरुद्ध लागेको यौन दुर्व्यवहारको आरोपका लागि माफी मागेका छन् । 

फ्रीम्यानविरुद्ध आठ महिला तथा अन्य मानिसले यौन दुर्व्यवहारको आरोप लगाएका थिए । 

सीएनएनको रिपोर्टअनुसार, एक प्रोडक्सन असिस्टेन्टले बैंक चोरीसम्बन्धी कमेडी फिल्म गोइङ इन स्टाइलको शूटिङका बेलामा फ्रीम्यानले आफूलाई दुर्व्यवहार गरेको बताइन् । 

उनका अनुसार, ८० वर्षीय फ्रीम्यानले उनलाई धेरैचोटि छोए, उनको स्कर्ट उठाउने कोशिश गरे र अण्डरवेयर लगाएकी छौ कि छैनौ भनी सोधे । 

‘कसैलाई असहज वा अपमानजनक अनुभव गराएकोमा’ फ्रीम्यानले माफी मागेका छन् । 

उनले एक बयान जारी गर्दै भने, ‘मलाई चिन्ने वा मसँग काम गर्नेलाई थाहा छ, म कसैलाई जानीबुझिकन कसैको अपमान गर्ने वा उसलाई असहज बनाउने खालको मान्छे होइन ।’

हलिउडका ठूला निर्माता हार्भे वाइनस्टाइनमाथि कैयौं अभिनेत्रीहरूले यौन दुर्व्यवहारको आरोप लगाएपछि ह्याशट्याग मीटू अभियान चलेको थियो । त्यसमा संसारका धेरै देशका महिलाले आफूमाथि भएका दुर्व्यवहारलाई खुलासा गरेका थिए । 

सन् २०१३ को फिल्म नाय यू सी मीमा काम गर्ने एक महिलाले बताएअनुसार, फ्रीम्यान वरिपरि छन् भने ‘ठूलो गला भएको टप, छोटो कपडा र टाइट कपडा नलगाउन’ सबैले भन्ने गरेका थिए । 
मोर्गनले महिलाहरूको स्तनलाई घुरेर हेर्ने गरेको पनि बताइन्छ ।

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x