चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
जुलियन बोर्गर, द गार्डियन
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच शिखर सम्मेलन हुने घोषणा र बिहीवार त्यसको अचानक स्थगनले यसमा समस्या रहेको पूर्वानुमानलाई सही साबित गरेको छ ।
उत्तर कोरियासँग सम्झौता गरेको अनुभव बटुलेको जोकोहीले यो शिखर सम्मेलन असफल हुने पूर्वानुमान गरिसकेको थियो अनि विज्ञहरूले निरन्तर वाशिङटन र प्योङयाङले फरक फरक कुरा गरेको बताएका थिए ।
यो सम्पूर्ण समस्याको जड भनेको ट्रम्पले सोचविचार तथा परामर्श नगरिकन लिएको निर्णय नै हो । गत ८ मार्चमा दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ युई–योङले वाशिङटनमा किम जोङ–उनको सन्देश लिएर गएदेखि
यो असफलताको शृंखला शुरु भयो । कोरियाली प्रायद्वीपको आणविक निःशस्त्रीकरणका लागि ट्रम्पसँग भेट्न चाहेको सन्देश चुङले सुनाएका थिए ।
आफ्नो ‘अधिकतम दबाब’ अभियानले किमलाई वार्ताको टेबलमा आउन बाध्य पारेको भनी ट्रम्प विश्वस्त थिए । उनले चुङलाई ह्वाइट हाउसबाहिर तत्कालै एउटा प्रेस वक्तव्य दिन लगाए ।
तर उत्तर कोरियाले ‘आणविक निःशस्त्रीकरण’ भन्नाले के बुझेको छ भन्ने भेउ नै ट्रम्पले नपाएको देखियो । प्योङयाङका लागि यसको अर्थ अमेरिकासँग लामो सम्झौता हो जसमा अमेरिकाले उत्तर कोरियालाई आणविक शक्तिसम्पन्न राष्ट्रका रूपमा आफूसमान व्यवहार गर्नुपर्ने थियो ।
किमले विश्वसनीय प्रतिरक्षाका रूपमा थर्मोन्युक्लीयर हतियार र त्यसलाई बोक्ने ब्यालिस्टिक क्षेप्यास्त्रहरू सफलतापूर्वक निर्माण गरिसकेको घोषणा जनवरी महिनामा गरेपछि बल्ल वार्ताको आह्वान गरेका थिए । उत्तरले आफूलाई शक्तिशाली स्थितिबाट सम्झौता गरिरहेको ठानिरहेको थियो । उसले आर्थिक विकासतर्फ केन्द्रित सैन्य शक्तिका रूपमा आफूलाई हेरेको थियो ।
तर ट्रम्प चाहिँ उत्तरको एकपक्षीय आणविक निःशस्त्रीकरण बुझिरहेका थिए ।
दृष्टिकोणहरूका बीचमा रहेका यी भिन्नतालाई चुङ र दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले ढाकछोप गरिरहेका थिए । मून उत्तरसँगको आफ्नो शान्ति एजेन्डा सफल बनाउनका लागि अमेरिकाको सहयोगका लागि आतुर थिए ।
उनीहरूले ट्रम्पलाई इतिहास बनाउन लागेका शक्तिशाली र बुद्धिमान् नेताका रूपमा प्रशंसा ओइ–याए । मूनले ट्रम्प नोबेल शान्ति पुरस्कारको हकदार रहेको कलात्मक रूपमा बताए अनि ट्रम्पका समर्थकहरूले विभिन्न सभाहरूमा
यसलाई खुबै दोहो–याए जसले गर्दा अमेरिकाका आत्मकेन्द्री राष्ट्रपति एकदमै खुशी भए ।
मार्च र मे महिनाबीच ट्रम्पले उत्तर कोरियासँगको सम्झौताले कसरी काम गर्छ भन्ने विषयमा खासै समय नछुट्ट्याएको बताइएको छ । यसको साटो उनी शिखर सम्मेलनको दृश्य र पत्रकारहरूका लागि सार्वजनिक गरिने वक्तव्यमै केन्द्रित रहे ।
ट्रम्पको कमजोर तयारीले उत्पन्न गरेको शून्यतामा ट्रम्प प्रशासनका सदस्यहरू आफूखुशी बोल्न थाले । ट्रम्पका नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टोनले उत्तर कोरियाले आणविक वारहेड तथा सम्बन्धित उपकरण तत्कालै आत्मसमर्पण गर्नुपर्ने चरम माग राखे । ती हतियारहरू जहाजमा हालेर अमेरिका पु–याउनुपर्ने पनि उनले बताए ।
परराष्ट्रमन्त्री माइक पम्पिओले किमलाई दुईचोटि प्रत्यक्ष भेट्दा उत्तरले कहिले सबै हतियार एकैचोटि आत्मसमर्पण गर्ने अनि कहिले चाहिँ चरणबद्ध रूपमा गर्ने भनी ढुलमुल कुरा गरिरहे । ट्रम्प आफैंले दोस्रो नीति अवलम्बन गर्न चाहेको संकेत गर्दै अमेरिकाको सम्झौता रणनीतिको हल्का खुलासा गरे ।
वातावरण अस्थिर रहँदा नै बोल्टनले एक कूटनीतिक बम प्रहार गरे । टेलिभिजनमा एक अन्तर्वार्ताकारसँग कुराकानी गर्दै उनले उत्तर कोरियाको निःशस्त्रीकरणमा अमेरिकाले ‘लिबियाली नमूना’ उपयोग गर्ने बताए । मुअम्मार गद्दाफीले सन् २००३ को अन्त्यमा आधारभूत आणविक हतियार कार्यक्रमलाई अन्त्य गर्न र हतियार सुम्पिन गरेको सहमतिलाई बोल्टनले सन्दर्भ बनाएका हुन् ।
लिबियाली नमूनाको कुरा गर्दा प्योङयाङलाई गद्दाफीको त्रासद अन्त्यको याद आयो । आणविक हतियार त्यागेको आठ वर्षपछि गद्दाफीलाई सत्ताच्युत गरिएर अपमानपूर्वक हत्या गरियो । ट्रम्प र उनका उपराष्ट्रपति माइक पेन्सले किमलाई सम्झौता नगरेमा गद्दाफीकै जस्तो स्थिति बेहोर्नुपर्ने चेतावनी दिएपछि प्योङयाङ झसंग भयो ।
यो धम्कीले प्योङयाङलाई पूर्वानुमान गर्न सकिने गरी क्रुद्ध बनायो अनि त्यही क्रोधलाई ट्रम्पले शिखर सम्मेलन तुहाउने कारणका रूपमा प्रस्तुत गरे । (ट्रम्प माइक पेन्सप्रति अलि बढी नै पूर्वाग्रह राख्छन् र उत्तर कोरियाले पेन्सलाई ‘राजनीतिक सिकारु’ भनी गिल्ला गरेपछि ट्रम्पले शिखर सम्मेलन स्थगित गरिहाले ।)
तर पम्पिओले सिनेटलाई बिहीवार बताएअनुसार, अमेरिकी अधिकारीहरूलाई उत्तर कोरियाली समकक्षीहरूसँगको शिखर सम्मेलन तयारी बैठक आयोजना गर्न अप्ठ्यारो परेको जानकारी दिए । हुन पनि उत्तर कोरियाली अधिकारीहरू विगत केही दिनयता पूरै शान्त थिए ।
‘राष्ट्रपति सिंगापुरसम्म उडेर जाने अनि उत्तर कोरियालीहरू त्यहाँ नहुने स्थिति ट्रम्प चाहँदैनथिए,’ अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का पूर्वअधिकारी भिक्टर चा बताउँछन् । चाले उत्तर कोरियासँग सम्झौताको व्यापक अनुभव हासिल गरेका छन् ।
प्योङयाङको मौनताले सम्झौताका विषयमा अनिर्णयको स्थिति वाशिङटनमा मात्र नरहेको देखाएको चा बताउँछन् । सन् २००७ मा ६ सदस्यीय वार्तामा चरणबद्ध रूपमा आणविक निःशस्त्रीकरणको सहमति गरेको महिनौंसम्म उत्तर कोरियाले यस्तै व्यवहार देखाएको थियो ।
‘उत्तर कोरियाले हुन्छ भन्ने जस्तो देखिएको स्थिति बन्दा जहिले पनि पछि हटेको देख्दा म छक्क पर्छु,’ चाले भने । ‘यस्तो स्थितिले उनीहरूलाई मन नपरेको विकल्प छान्न बाध्य पार्छ ।’
चालाई ट्रम्प ह्वाइट हाउसले सउलका लागि अमेरिकी राजदूतका रूपमा नामांकित गरेको थियो तर उनले उत्तरविरुद्ध शत्रुतापूर्ण भाषाप्रयोगको विरोध गरेपछि उनको नामांकन फिर्ता लिइएको थियो । उनले शिखर सम्मेलन स्थगित हुँदा पनि ‘तल्लो तहको सम्झौताका लागि बाटो खुलेमा यो पूरै खराब नभएको’ बताए । उक्त सम्भावित सम्झौताले निःशस्त्रीकरणको खाडललाई पुर्ने प्रयास गर्न सक्छ ।
त्यो नै आगामी कदम हो कि अब तनावपूर्ण सैन्य गतिरोधको स्थिति आउँछ भन्ने कुरा ट्रम्पको घोषणामाथि प्योङयाङको प्रतिक्रियामा भर पर्छ ।
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...