फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
काठमाडौं, ११ जेठ – नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरीले सरकारले संसदमा पेश गरेका तीनवटा कुराले आफूलाई आकर्षित गरेको बताएका छन् ।
मुलुकको समृद्धि र दिगोपन आफूले विगतदेखि उठाउँदै आएको एजेण्डा भएको उनले बताए ।
सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभाको बैठकमा जारी छलफलमा भाग लिँदै उद्यमी चौधरीले कार्यक्रमको २०, २५ र ४५ नम्बरको बुँदाले आफूलाई आकर्षित गरेको बताएका हुन् । बुँदा नम्बर २० मा अबको विकास सूचना र तथ्याङ्कको विश्लेषणका आधारमा हुनेछन्, भन्ने उल्लेख छ ।
‘हचुवाको भरमा विकास गर्ने प्रथाको अन्त्य गर्ने कुरा स्वागतयोग्य छ,’ चौधरीले भने ।
यस्तै बुँदा नम्बर २५ मा रेमिट्यान्स र आयातमुखी अर्थतन्त्रलाई रूपान्तर गरिने उल्लेख छ । ‘नेपालको अर्थतन्त्रलाई विश्वको अर्थतन्त्रसँग जोड्ने कुरा विश्वव्यापीकरणको सिद्धान्तलाई शतप्रतिशत स्वीकार गरेको हो,’ चौधरीले भने ।
निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण अंगको रूपमा विकास गर्ने ४५ नम्बरको बुँदाको पनि चौधरीले प्रशंसा गरे । ‘नेपालमा विदेशी लगानीकार्ताका लागि सकारात्मक उद्घोष हो, मुलुक हिँड्ने बाटो पनि यही हो, दोहोरो अंकको वृद्धिदेखि समृद्धिको कुरा म आफैँले पनि कोरेको समृद्धिको मार्गचित्रको सामिप्य छ,’ उनले भने ।
चौधरीले २०४६ सालपछि कांग्रेस सरकारले लिएको उदार अर्थनीतिको खुलेर प्रसंशा गरे ।
‘कांग्रेसले लिएको नीति र निजी क्षेत्रको भरोसाका कारण दशकौं लामो राजनीतिक अराजकताबाट बाट नेपालको अर्थतन्त्र जोगिएको हो,’ चौधरीले भने, ‘निर्धक्कका साथ भन्नसक्छु, एकपटकको असल नीतिले दशकौंतर्फ हिँडाउन सक्छ ।’
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...