×

NMB BANK
NIC ASIA

सामूहिक, करार र सहकारी खेती कार्यान्वयनमा ल्याउन सांसदहरूको जोड

जेठ ११, २०७५

NTC
Premier Steels

काठमाडौं, ११ जेठ -राष्ट्रियसभाको आजको बैठकमा अधिकांश सांसदले सरकारबाट प्रस्तुत नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउन जोड दिएका छन् ।

Muktinath Bank

जेठ ७ गते संघीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमका सन्दर्भमा सांसदहरूले उक्त धारणा राखेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले नीति तथा कार्यक्रम शब्दमा राम्रो देखिए पनि त्यसको प्रतिफल कार्यान्यनपछि मात्र जनताले अनुभूति गर्न सक्ने बताएका छन् ।


Advertisment
Nabil box
Kumari

राष्ट्रियसभामा बोल्दै खिमलाल भट्टराईले जनताको आँगनमा लोकतन्त्र आएको अनुभूति दिलाउन नीति तथा कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयनमा ल्याउनुको विकल्प नरहेको जानकारी दिए । 

Vianet communication

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकमा सांसद जितेन्द्रनारायण देवले सरकारको नीति तथा कार्यक्रम कम्युनिष्ट घोषणापत्र भएको दाबी गरे । 

सांसद हरिराम चौधरीले पूर्वधार विकास, पर्यटन र जलस्रोतको विकासलाई पहिलो प्राथमिक सूचीमा राख्नुपर्ने बताए ।

त्यसैगरी रमेशप्रसाद यादवले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणबाट दिगो कृषि विकास हुने बताए ।

सांसद नरपत्नी लुहारले नीति तथा कार्यक्रमले सामूहिक, करार र सहकारी खेतीको अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने बताइन् ।

सांसदहरू उदय शर्मा पौडेल, धनकुमारी खतिवडा, कालीबहादुर मल्ल, कमलाकुमारी वली, प्रकाश पन्त, नैनकला बुढा, खिमकुमारी विश्वकर्मा, शेरबहादुर कुँवर, खेमराज नेपाली, हरिचन्द्र सिवाकोटी, खगेन्द्रप्रसाद ओली, चक्रप्रसाद स्नेही, बद्री पाण्डे, हरिचन्द्र सिवाकोटी, कोमल ओली, सरिता प्रसाईं, भैरवसुन्दर श्रेष्ठ, सुमनराज प्याकुरेल र परशुराम मेघी गुरुङले पनि आगामी आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत नीति तथा कार्यक्रमका सन्दर्भमा आ–आफ्नो भनाइ राखेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x