×

NMB BANK
NIC ASIA

कम्युनिष्टको एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्छ : सभापति देउवा

जेठ ११, २०७५

NTC
Premier Steels

काठमाडौँ, ११ जेठ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट एकतालाई काँग्रेसले अवसरका रुपमा लिनुपर्ने बताएका छन्  । 

Muktinath Bank

काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको आज स्थापनाको १२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले  पार्टीभित्र एकता आवश्यक रहेको बताए  । “अरू एक हुँदा आत्तिनुपर्ने अवस्था छैन, अब हामी एक भएर अघि बढौँ, आउने चुनावमा जितिन्छ,” उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभापति देउवाले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पार्टीभित्र आफ्नै नेतालाई हराउन आफ्नै नेताहरु लाग्दा धेरै स्थानमा पराजय बेहोर्नु परेको उल्लेख गरे  । 


Advertisment
Nabil box
Kumari

चुनाव हारेको छ भन्ने मानसिकता त्यागेर पाँच वर्षभित्र काम गरेर हारलाई विजयमा परिणत गर्न लाग्नुपर्ने उनले बताए  । गुट–उपगुट त्यागेर अगाडि बढ्नुपर्ने उनको  भनाइ थियो । 

Vianet communication

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसका लागि वर्तमान अवस्था चुनौतीपूर्ण रहेको बताए  । “वर्तमान चुनौतीको सामना गर्दै कम्युनिष्ट शक्तिहरुसँग लड्न काँग्रेसीहरु एक हुनु जरुरी छ,” उनले भने  । 
काँग्रेस उपसभापति बिमलेन्द्र निधिले कम्युनिष्टहरु बीचको एकतामा आत्तिनुभन्दा आफ्नै एकतामा ध्यान दिएर संगठन मजबुत पार्न लाग्नुपर्ने बताए । “कम्युनिष्टहरु एक भए अब हामी ढिक्का हुन बाँकी छ, भोलिका लागि सोचेर एक भएर अघि बढौँ,” उनले भने  । 

सहमहामन्त्री डा प्रकाशशरण महतले आगामी निर्वाचनलाई लक्ष्यमा लिएर अहिलेबाट नै खाका सहितको कार्यक्रम लिएर जनताका माझ जान आवश्यक रहेको बताए  ।


केन्द्रीय सदस्य गुरुराज घिमिरे, नेपाल महिला संघ अध्यक्ष उमा रेग्मी लगायतले निर्वाचनमा भएको पराजयबाट पाठ सिकेर अघि बढ्नुपर्ने बेला आएको बताए  । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x