रोल्पाको त्रिवेणी गाउँपालिकामा इन्भेष्टमेन्ट बैंकको शाखा विस्तार

रोल्पा, १६ जेठ –नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले रोल्पाको त्रिवेणी गाँउपालिकास्थित जुगारमा आफ्नो ७१औं शाखा विस्तार गरेको छ । सो गाउँपालिकामा २२ हजारभन्दा बढी जनसंख्या छ ।

यस बैंकले ग्रामिण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्दै आएको छ ।

विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार व्यक्तिलाई रु. ३ अर्ब ६४ करोड लगानी गर्ने आफूहरू नेपालकै एकमात्र बैंक भएको इन्भेष्टमेन्ट बैंकको दाबी छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०० वटा एटीएम पुगेको छ भने ६ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको ६३ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपीएन सदस्य बैंकका एटीएम रहेको छ ।

जेठ १६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस