एनआई सी एशिया बैंक अब चन्द्रनिगाहपुरमा पनि

जेठ १८, २०७५

काठमाडौं, १८ जेठ- एनआई सी एशिया बैंकको चन्द्रपुर नगरपालिका वडा नं ४, चन्द्रनिगाहपुर, रौतहटमा स्थापित चन्द्र निगाहपुर शाखाको शुक्रबार एक उद्घाटन भएको छ । एक समारोहकाबिच चन्द्रनिगाहपुर रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष सुनिलकुमार जैसवालले शाखा उद्घाटन गरेका हुन् । 

 


ADVERTISEMENT

सो शाखासँगै मुलुकभर २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकले जनाएको छ ।
बैंकको वासलातको आकार रू १६३ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रू ११३अर्ब र कुलनिक्षेप करिब रू १३९ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । 

 

यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

जेठ १८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस