×

NMB BANK
NIC ASIA

सेनाका पूर्वहवल्दारको प्रेरणादायी काम : पेन्सनपछि भारी बोकेरै मासिक ३५ हजारसम्म बचत !

जेठ १९, २०७५

NTC
Premier Steels

काठमाडौं, १९ जेठ – रौतहटका सरोज कोइराला न्युरोडभित्रको गल्लीमा काँधमा नाम्लो भिरेर केही प्रतिक्षा गरिरहेका थिए ।

Muktinath Bank

‘काँधमा नाम्लो बोकेर बस्नुभएको छ, भारी कुर्नुभएको ?’ नजिकै पुगेर मैले सोधेँ । ‘हजुर ! भारी कुर्दै बसेको,’ उनले ढिला नगरी भनिहाले ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको ज्यान हेर्दा हट्टाकट्टा छ । ‘काम गरेर कोही पनि सानो भइँदैन, सबैले काम गरेरै बाँच्ने हो,’ कोइरालाले लोकान्तरसँग भने, ‘नेपालमा युवाहरू काम गर्नै लाज मान्छन्, नेपालमै बसेर लाज नमानी काम गर्ने हो भने यहीँ राम्रो कमाउन सकिन्छ, विदेशमा श्रम र पसिना बगाउन पर्दैन ।’


Advertisment
Nabil box
Kumari

धेरै युवा स्वादेशमा रोजगारी पाइएन भन्दै सरकारसँग गुनासो गर्दै बस्छन् । नेपालमा रोजगारीको अवसर नभएको भन्दै दैनिक १५ सय युवा वैदेशिक रोजगारीका लागि विदेशिने गरेका छन् । तर कोइरालाई भने नेपालमै भरियाको काम गर्दा सन्तुष्टि मिलेको छ ।

Vianet communication

उनी भन्छन्, ‘विदेश जानै पर्दैन, भारतका मानिसहरू यहाँ आएर प्लाष्टिक टिपेर धेरै कमाउँछन्, हामी नेपालीहरू किन लाज मान्ने ? काम गर्नै लाज मानेपछि त पैसा कमाउन सकिँदैन नि !’

यसरी शुरु गरे भारी बोक्ने काम

रौतहटमा जन्मिएका कोइराला नेपाली सेनाबाट अवकाश प्राप्त गरेका व्यक्ति हुन् । उनी ४ वर्षअगाडिसम्म नेपाली सेनाको हवल्दार थिए ।

१८ वर्षको उमेरमा नेपाली सेनामा जागिर शरु गरेका कोइरालाले १७ वर्षपछि ३५ वर्षको उमेरमा जागिरबाट अवकाश पाएका थिए । 

नेपाली सेनाबाट सँगै अवकाश लिएका साथीहरू कोही घरतिरै बसिरहका छन्, कोही वैदेशीक रोजगारीमा गए । तर कोइरालालाई भने विदेशी भूमिमा श्रम बेच्न पटक्कै रहर थिएन । उमरमै सरकारी जागिर खाएर पेन्सन समेत पकाइसकेका कोइरालाको काम गर्ने जोश, जाँगर र श्रम गर्ने शक्ति बाँकी नै थियो । उनले सरकारी जागिरबाट अवकाश लिएपछि आफैंले केही व्यवसाय सञ्चालन गर्ने योजना बनाए ।

आफैंले केही गर्नुपर्छ भनेर २०७१ सालमा पाटनरसिपमा ललितपुरको गोदावरीमा  रिसोर्ट खोले । ४० लाख लगानीमा दुईजना रिसोर्ट सञ्चालनमा ल्याइएको थियो । कमाइ पनि राम्रै थियो । तर २०७२ वैशाख १२ गतेको भूकम्पले रिसोर्टमा क्षति पुग्यो । व्यवसाय सञ्चालन गरेको एकवर्ष नबित्दै उनको २० लाख लगानी भूकम्पले ढालिदियो । भूकम्पले भत्किएको रिसोर्ट फेरि बनाउन पहिलाकै जति लगानी लाग्ने भएपछि उनले रिसोर्ट सञ्चालन गर्न सकेनन् ।

भूकम्पको कारण रिसोर्ट बन्द भयो । उनलाई ७ लाख ऋण समेत लाग्यो । नेपाली सेनाको पेन्सनले उनको परिवार चलाउन पुग्दैन थियो । व्यवसाय बन्द भएपछि ऋण कसरी तिर्ने भन्ने चिन्ता पनि थपियो । उनले कसरी छिटो पैसा कमाउने भन्ने सोच्न थाले । त्यही क्रममा एकदिन न्युरोड पुगेका कोइरालाले सडकमा भारी बोक्ने भरियाहरू धेरै देखे । उनलाई पनि भारी बोक्ने कामप्रति चासो बढ्यो । उनले बुझ्दै जाँदा मेहनत गरेर काम गरे भरियाले धेरै कमाउँछन् भन्ने थाहा पाए । त्यसपछि उनलाई भरिया बनेर काम गर्ने सोच आयो ।

‘न्युरोडमा कपडा किन्न आउँदा धेरैजना भरियाहरू काम गरिरहेको देखेँ, मैले यो काम कस्तो हुन्छ, हामीले गर्न पाइन्छ कि पाइँदैन भनेर सोधेँ,‘ भरियाको काम पाएको दिन सम्झँदै उनले सुनाए, ‘यहाँ सिधै आएर काम गर्न नपाइने रहेछ, भरियाहरूको पनि समूह हुँदोरहेछ, समूहका भरियाहरूसँग कुरा गरेँ, अनि काम गर्न थालेँ ।’

कोइराला बिहान ६ बजे न्युरोड क्षेत्रमा नाम्लो बोकेर आउँछन् । दिनभर भारी बोकेर राति ८ बजे डेरा फर्कन्छन् । उनले न्युरोड क्षेत्रमा भारी बोक्न थालेको दुई वर्ष पुगिसकेको छ । न्युरोड क्षेत्रका साहुहरू पनि उनको कामप्रतिको लगावलाई सम्मान गर्छन् । कोइरालाले एउटा भारी बोकेवापत १ सयदेखि ३ सयसम्म पारिश्रमिक लिने गरेका छन् । उनले दिनमा ३ देखि ५ हजार सम्मको भारी बोक्छन् । खर्च कटाएर महिनामा ३५ हजारसम्म बाचाउँछन् उनी ।
दुई छोरा, दुई छोरी र श्रीमती रौतहटमै बस्छन् । एउटा छोरीको विवाह भइसकेको छ भने अन्य तीन जना छोराछोरीलाई पढाउँदै छन् ।

रिसोर्ट सञ्चालन गर्दा लागेको ७ लाख ऋणमा उनले ५ लाख ऋण तिरिसकेका छन् । ‘भारी बोक्ने काम गरेरै मैले रिसोर्ट खोल्दा लागेको ऋण तिर्दै आएको छु । अब त दुईलाख मात्रै बाँकी छ, छिटै तिरेर सक्छु,’ उनले निर्धक्क भएर सुनाए ।

नेपाली सेनामा कमाण्ड कन्ट्रोलमा बसेका उनलाई भरियाहरूसँग केही समय असजिलो भयो । तर बिस्तारै भरियाहरूसँग आफ्नो दोस्ती बढाउँदै लगे ।

‘सेनामा हुँदा कमाण्ड कन्ट्रोलमा बस्नुपथ्र्यो, त्यहाँ फौजमा बसिन्थ्यो, यहाँ पनि भरियाको समूह छ, फौजमा जस्तै रमाइलो छ ।’

नेपाली सेनाबाट अवकाश लिएर आएका कोइरालालाई न्युरोड क्षेत्रका साहु र भरियाहरूले सम्मान गर्छन् । उनले पनि राम्रो व्यवहार गरेर साहु र भरिया साथीहरूको मन जितेका छन् । उनले भरियाको काम गर्ने अन्य युवालाई पनि कपाल पाल्न र जाँड रक्सी खान हुँदैन भनेर सिकाउँछन् । कोइराला आएसँगै न्युरोड क्षेत्रमा काम गर्ने अन्य भरियाहरूलाई पनि हौसला मिलेको छ ।

भरियाहरू दिनभरी मेहेनत गरेर भारी बोक्थे । तर धेरै जस्तो भरियाहरूले दिनभरी कमाएको पैसा बेलुका रक्सी खाएर सक्थे । कोइरालाई यस्तो प्रवृत्ति ठिक लागेन । ‘भरियाको काम गर्दा कमाइ हुन्छ, तर यहाँ कमाउँदै, रमाउँदै गर्ने भएर मात्रै भरियाहरूको जीवन माथि उठ्न नसकेको हो,’ कोइरालाले भने ‘भरियाको काम गर्नेहरू लामो कपाल पाल्ने, जाँड रक्सी चुरोट खाने गथ्र्ये, मैले धेरैपटक सम्झाएपछि केहीले जाँड रक्सी खान पनि छाडेका छन् ।’

भरियाहरूप्रति मानिसको नराम्रो दृष्टिकोण हुनुमा भरियाहरूको पनि कमजोरी रहेको देखेपछि उनले भरियाहरूको व्यवहार परिवर्तन गर्ने प्रयास गरे । भरियाको गलत दैनिकीलाई आफूले परिवर्तन गराउन सफल भएको दाबी उनी गर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x