×

NMB BANK
NIC ASIA

धनगढी, २२ जेठ – सदैव कुटनीतिक वाक्यांशबाट भाषण शुरु गर्ने नेता भीम रावल पार्टी कार्यकर्ता भेलामा निकै प्रफूल्लित देखिए । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि गठित नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रहेका नेता रावल देशप्रेम र समाजवादी भावनाले ओतप्रोत कविताबाट प्रस्तुत भए ।

Muktinath Bank

धनगढीमा आयोजित प्रदेश स्तरीय पहिलो कार्यकर्ता भेलाको औपचारिक सत्रकै क्रममा कविता फुरेको बताउँदै उनले कविताबाटै भाषणको उठान गरे । पार्टी एकताले हर्षित रहेका उनले यसरी मनको भाव पोखे, ‘जतिबेला मान्छे धेरै दुखी हुन्छ, धेरै खुशी हुन्छ । उसको मनमा लहरहरू उत्पन्न हुन्छन् । त्यतिबेला मान्छेहरू कविता लेख्छन् । गीत खेल्छन् । गुनगुनाउँछन् । सामान्य शब्दमा व्यक्त गर्न सकिन्न । त्यसकारण मैले पनि बस्दाबस्दै २ शब्द कोरेको छु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिलेका छन् सागर विशाल
लहर निकाली नयाँ
गौरव हिमालको राखी
उज्यालो फैलाउँदै यहाँ
बढाउन सकौं हामी सबले
स्वाभिमान यो देशको
ढोका खोलेर समृद्धिसितको
अनुनय यो गर्दछ
मिलेका यी हातहरू सधै
भैरहुन् सधैं सबल
समाजवादी गन्तव्य महान
नहोस् कतै अलमल ।।


Advertisment
Nabil box
Kumari

नेता भीम रावलका कविता कहिल्यै नसुनेका कार्यकर्ता एकाएक कविता सुनेपछि चकित भए । भेलाको प्रमुख अतिथि समेत रहेका उनले अधिकांश समय पार्टी एकताकै सेरोफेरौमै खर्चे । २ कम्यूनिस्ट पार्टी एकताले शान्ति र विकासको सन्देश दिएको बताउँदै उनले पार्टी एकतालाई ऐतिहासिक भएको समेत दावी गरे । जसले देशलाई समाजवादको उज्यालो गन्तव्यतिर लैजाने समेत उनले विश्वास व्यक्त गरे ।

Vianet communication

उनले ७ नम्बर प्रदेश साधन स्रोतले सम्पन्न रहेको चर्चा गरे । ‘यहाँ सबथोक छ । यार्चागुम्बा, पाँचऔले, पदमचाल लगायत बहुमूल्य जडिबुटी यही पाइन्छ, काठमाडौंमा होइन । पश्चिम सेती यही छ, चाँदीझैं चम्किने हिमाल, हरिया डाँडाकाँडाले भरिएको पहाड, उर्वर भूमी यही छ,’ उनले अगाडि भने, ‘अब हामी समृद्धिको गन्तव्य तय गरिसकेका छौं ।’

उनले अब मुलुकमा विकास र शान्ति भएन भनेर पन्छिने छुट कसैलाई नरहेको बताए । सामुन्ने बसेका मुख्यमन्त्री त्रिलोचन भट्टसहित अन्य मन्त्रीलाई इङ्गित गर्दै उनले भने, ‘मुख्यमन्त्री ज्यू यही हुनुहुन्छ । मन्त्रीहरू पनि यही हुनुहुन्छ । विकास भएन । काम भएन भनेर कोही पनि छुट पाउने छैन ।’ राज्यको महत्वपूर्ण निकायमा रहेका प्रमुख तथा पार्टीका नेता कार्यकर्तालाई पार्टीको एकीकृत राजनीतिक प्रतिवेदन, चुनावी घोषणापत्र अध्ययन गरेर काम गर्न निर्देशन दिए ।

कार्यक्रमका विशेष अतिथि स्थायी समितिका अर्का सदस्य लेखराज भट्टले ७ नम्बरमाथि फेरि पनि विभेद जारी रहे विद्रोह गर्ने चेतावनी दिए । पार्टी एकतापछि कार्यकर्ता व्यवस्थापन चुनौतिपूर्ण रहेको भन्दै उनले नयाँ पार्टीलाई नयाँ सोचका साथ अगाडि लैजानुपर्नेमा जोड दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x