×

NMB BANK
NIC ASIA

संघीयतामा गएपछि स्वास्थ्यकर्मीले तलब पाएनन्, पैंसा नहुँदा विद्यालयले बच्चा निकाल्ने स्थिति !

जेठ २२, २०७५

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

काठमाडौँ, २२ जेठ– स्थानीय तहकाे मातहतमा गएका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् । 

देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् । 

छिटोभन्दा छिटो तलव सुविधाको व्यवस्था गर्न माग गर्दै विभिन्न जिल्लाका स्वास्थ्यकर्मीहरूले आन्दोलन शुरु समेत गरेका छन् । 

गाउँपालिका, नगरपालिकाका प्रमुखलाई पटकपटक मौखिक जानकारी गराइए समस्या अवगत गराएपनि वेबास्ता भएपछि स्वास्थ्य सचिवदेखि प्रधानमन्त्रीसम्मलाई ध्यानाकर्षण गराएका छन् । 

बाँके, चितवन, भक्तपुर, धादिङलगायतका जिल्लाका कर्मचारीले नगरपालिका अगाडि धर्ना दिने, ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका छन् । 

रत्ननगर नगरपालिका चितवनका स्वास्थ्य संयोजक इन्द्रलाल न्यौपानेले चितवनका स्वास्थ्यकर्मीले गत माघदेखि तलव नपाएको बताए । 

‘‘माघदेखि हामीले तलब नपाउँदा दैनिक व्यवहार प्रभावित भएको छ, छ महिनाभयो बच्चाको विद्यालयको शुल्क तिर्न पाएका छैनौँ, रासनपानी किन्न, घरभाडा तिर्न निकै समस्या भइरहेको छ ।’’ 

लामो समय तलब नपाएपछि चितवनका स्वास्थ्यकर्मीले भरतपुर महानगरपालिकालाई २५ गतेसम्म अल्टिमेटम दिँदै तलब नपाए आन्दोलनमा जाने चेतावनी दिएका छन् । 

स्वास्थ्यका कर्मचारी भएकाले एकैपटक कडा आन्दोलनमा जान मानवताले रोकेको भन्दै समस्या सुुनुवाई नभए चरणवद्ध आन्दोलनमा जाने न्यौपानेले राससलाई बताए । 

बाँके नेपालगञ्ज नगरपालिकाकाअन्तर्गत उदयपुर स्वास्थ्य चौकीका इन्चार्ज टेकबहादुर केसीले बाँकेका कर्मचारीले फागुनदेखि तलब नपाएको जानकारी दिदैँ सम्बन्धित पालिकामा पटकपटक मौखिक जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरे । 

‘‘स्थानीय निकायमा कुरा राख्दा स्वास्थ्यका कर्मचारी केन्द्रअन्र्तगत हो भन्ने जिल्ला जनस्वास्थ्यमा गएर सोध्दा आफ्नो पालिकैमै कुरा गर्नुस भनेर अलमलमा पारिएको छ, लामो समयदेखि तलव नपाउँदा घरव्यवहार चलाउन समस्या भयो,’’ उनले भने । 

सशस्त्र द्वन्द्वका बेलासमेत गाउँगाउँमा बसेर जनताको सेवामा खटिएका जनस्वास्थ्यकर्मीलाई संघीयता आएपछि प्रशासनका कर्मचारीले स्वास्थ्यका कर्मचारीलाई केही होइनन् जस्तो व्यवहार भएको उनले बताए । 

ललितपुरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले पनि गत फागुन महिनादेखि तलबभत्ता नपाएको भन्दै ललितपुर महानगरपालिका, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य सचिवलगायतलाई प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । 

रोकिएको तलब भत्ता उपलब्ध गराउन महानगरका प्रमुख चिरीबाबु महर्जनलाई अनुरोध गरेका छन् । 

धापाखेल स्वास्थ्य चौकी, हरिसिद्धि स्वास्थ्य चौकी, सुनाकोठी स्वास्थ्य चौकी, सैबु स्वास्थ्य चौकी, बुङ्मती स्वास्थ्य चौकी, खोकना स्वास्थ्य चौकी र परिवार नियोजन संस्थागत क्लिनिक गरी ७ वटा संस्थाका स्वास्थ्यकर्मीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएको धापाखेल स्वास्थ्य चौकीका इन्र्चाज गुरु शर्माले जानकारी दिए । 

स्थानीय तहका सरकारले खटाएपछि खुसी भएर जिम्मेवारी वहन गरेपनि सरकारले आफुहरूलाई बेवास्ता गर्दा खिन्नता महसुस भएको स्वास्थ्यकर्मीहरूले बताउँछन् । 

तलबबाटै घरभाडा, छोराछोरीको पढाई, खाद्यान्न, परिवारको पालनपोषणलगायत दैनिक उपभोगका सामानहरूको व्यवस्था गर्नुपर्ने अवस्था आइलागेको गुनासो गर्दै तलबभत्ता रोकिँदा मर्का परेको स्वास्थ्यकर्मी लक्ष्मी शर्माले बताइन् । उनले भनिन्, ‘‘कति सहने चल्नै मुश्किल भयो, घरमा भएका गरगहना बेचेर खानुपरेको छ, एक त पुग्ने तलव छैन, त्यो पनि समयमा नआएपछि हाम्रो बिगोग भएको छ ।” 

स्वास्थ्य सचिव डा पुष्पा चौधरीले कर्मचारीका लागि तलवको रकम अपुग भएपछि रकम माग गर्दै अर्थ मन्त्रालयमा पत्र पठाइसकिएको जानकारी दिइन् । उनले यथासम्भव छिटै कर्मचारीले तलव पाउने दाबी गरिन् । 

''रकम अपुग भएपछि तलब दिन ढिलाइ भएको हो, अर्थमा थप रकमको माग गरिएको छ, रकम आउने बित्तिकै तलव उपलब्ध गराउछौँ,'' सचिव चौधरीले भनिन्, ‘‘मन्त्रालयको स्रोतबाट पनि धेरै रकम पठायौँ, अब नसकेपछि अर्थमा अनुरोध गरी पठाएका छौँ ।” 

Muktinath Bank

–कल्पना पौडेल 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x