माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
हिजोआज नेपाली मिडियामा कुनै न कुनै अर्थमा 'कुमारी' र 'आमा' नामका शब्दावलीहरूमा अनेक तर्क र बहस भइरहेको छ । यो आलेख यिनै शब्दावलीमा केन्द्रित छ ।
‘आधुनिकता’को कमजोर पाटो
’अर्गार्निक’ वस्तु र मौलिकताको विषयमा जतिसुकै गफ गरेपनि अचेल हामीलाई हरेक विषयमा आफ्नोभन्दा अरुको स्वादमा बानी परिसकेको छ । चाहे त्यो खानपान, लवाइ–खवाई होस् या भाषा र संस्कृतिको विषय नै किन नहोस् । आधुनिक देखिने धुनमा कहिलेकाही हामी यसरी बतासिन्छौं कि अरुले यौटा सन्दर्भमा प्रयोग गरेको विषय अर्कै सन्दर्भमा र अनर्थ हुनेगरी प्रयोग गर्दापनि मख्ख परिरहेकै हुन्छौं ।
समयक्रमसँगै हामी कालो चिया होइन, ‘ब्ल्याक टी’ खाँदा आफूलाई सभ्य, आधुनिक र बुज्रुक ठान्ने हालतमा पुगिसकेका छौं । नेपाली समाज र संस्कृतिको आत्मविश्वास यो हदसम्म कमजोर इतिहासमा सायदै कहिल्यै भएको होला । यसमा मिडियाको भूमिका उल्लेख्य रहने नै भयो । त्यसमाथि मुलधारका भनिने मिडियामा कार्यरत अमुक व्यक्तिको अज्ञानता वा नियतका कारण पूरै समाज तरङ्गित भएका उदाहरण प्रशस्तै छन् ।
हाम्रो समाजमा आधुनिकतासँगै जोडिएको अर्को पाटो पनि छ । यहाँ टुटेफुटेको र बेअर्थी भएपनि अंग्रेजी बोल्नै पर्ने र लेख्नैपर्ने, छोराछोरीलाई स्कूल भर्ना गर्न बाबुआमाले अंग्रेजी भाषामा अन्तर्वार्ता दिनुपर्नेसम्मका ढर्रा चल्छन् । यो सबैथोक आफूलाई आधुनिक र अरुभन्दा ज्ञानी वा विशिष्ट देखाउने ध्याउन्नमा भइरहेको छ ।
यही उपक्रममा अंग्रेजी र अन्य भाषामा स्पष्टरुपमा फरक अर्थ लाग्ने शब्द वा शब्दावली पनि नेपालका ’बुज्रुक’हरुले जबरजस्ती थोपर्छन् । मिडियाले त्यस्तो शैलीलाई रोक्नु त परै जाओस् जे चल्छ त्यसैको पछाडि दौडिनेहरुलाई नै स्पेस दिइरहेको देखिन्छ ।
टमाटर संस्कृति
हामीकहाँ परम्परागत रुपमा प्रयोग हुने गोलभेंडा छँदै थियो । त्योभन्दा केही फरक स्वरुप र ठूलो साइजमा पाइने गोलभेंडा बजारमा भित्रिन थाल्यो । त्यसको नामाकरण भयो ‘टमाटर’ । न त्यो गोलभेंडा रह्यो, न टोमेटो । अनि बन्यो टमाटर ।
नेपाली संस्कृति यस्तै किसिमका अनेक फ्युजन र कन्फ्युजनको चेपुवामा परेर ‘टमाटर संस्कृति’जस्तो बन्दै गइरहेको छ । अचेल यो ’संस्कृति’ भाषा, शैली र संस्कार सबैतिर छरपस्ट भएको देखिन्छ । घगडान विद्वान र सांस्कृतिक अभियन्ता स्वमंसमेत भादगाउँले कालो टोपीसँगै टाईको फ्यूजन गरेर आधुनिक बनिदिन्छन् । महान् क्रान्तिकारी र मौलिक संस्कृतिको पक्षपाती नेताले शिरमा ढाका टोपी र गलामा रातो टाई निसंकोच पहिरिन्छन् ।
इस्टकोट र वेस्टकोटको भेद, पूर्वीय र पश्चिमी शैलीको भेद, एसियाली, युरोपेली र अमेरिकी संस्कृतिको महत्त्व र भेद थाहा नपाउनेहरु नै सबैभन्दा ठूलो स्वरमा संस्कृति र मौलिकताको कुरा गर्छन् । हामी सबै त्यसैको पछाडि दौडिरहन्छौं ।
हाम्रा अगुवा र वौद्धिकहरु नै अज्ञानता वा असावधानीवश कतै न कतै ‘टमाटर संस्कृति’को भासमा डुबिसकेका हुन्छन् । आम सर्वसाधारण त्यसको भेउसम्म नपाई त्यसैमा बानी परिसक्छन् ।
मानिस हरदम आफ्नो परम्परागत शैली, भाषा–संस्कृति र पहिचानमै प्रस्तुत हुनु जरुरी छैन । तर, जुनसुकै विषयमा पनि शैली र संस्कृतिगत शुद्धता हुनुपर्छ भन्ने पंक्तिकारको मत हो ।
फिक्सन र भर्जिनिटी
नेपाली समाजमा खासगरी मिडियाको माध्यमबाट जबरजस्ती थोपरिएका उल्लेखित दुई शब्दको सन्दर्भ अंग्रेजीबाटै लिउँ । अंग्रेजी शब्द ’भर्जिनिटी’लाई गुगल मेसिनमा हालेपछि प्राप्त भएका १७ करोड ७० लाख सन्दर्भ सामग्रीमध्ये सबैभन्दा माथि देखिने शब्दार्थमा ‘द स्टेट अफ नेभर ह्याभिङ ह्याड सेक्सुअल इन्टरकोर्स’ भन्ने वाक्य देखियो । त्यसैको चौथो लाइनमा अर्को अर्थ दिँदै प्रष्ट्याइएको छ, ‘इन एक्सपेरियन्स्ड इन अ पार्टिकुलर कन्टेक्स्ट ।’ यहाँ पहिलो अर्थले यौनिक रुपमा कुमारीत्वको अर्थ खुलाएको छ भने दोस्रोले कुनैपनि सन्दर्भमा अनुभवहीनता नै कुमारीत्व भएको बताउँछ ।
तर, नेपालमा खासगरी नेपाली मिडियामा यसको आफ्नै परिभाषा छ । बिहे नगरी बच्चा जन्माउनु ‘कुमारी आमा’ हुनु हो भन्ने तर्कभीरुहरुको बिगबिगी छ । जसरी हामीले अंग्रेजीको टोमाटो र स्थानीय गोलभेंडालाई मिलाएर आफ्नै पाराको ‘लोक्कल टमाटर’ बनायौं । यहाँनेर त्यही नेपाली पाराको अर्गानिक बौद्धिकता पोखिएको छ ।
यौन सम्बन्धको सन्दर्भमा आधारित पहिलो अर्थलाई छोडौं, दोस्रोले भनेअनुसार पनि कुनै सन्दर्भमा अनुभवहीन हुनु नै कुमारीत्व हो । यसरी हेर्दा आमा भइसकेको मान्छे कसरी कुमारी हुन्छ ? यति सामान्य विश्लेषण गर्ने झन्झटसम्म नगरी, स्रोत र सन्दर्भ नहेरी भँगेर टाउके अक्षरमा हेडलाइन लेख्नुको तुक कतै भेटिन्न । तर, हामी सबै त्यसैको पछाडि दौडिरहेकै छौं ।
त्यसैगरी ‘फिक्सन’ शब्दको अर्थमा गुगल गुरुले उनान्सत्तरी करोड चालीस लाख सन्दर्भ सामग्री प्रस्तुत गर्यो । तीमध्ये सुरुमा देखियो ’लिटरेचर ... द्याट डिस्क्राइब्स इमेजिनरी इभेन्ट्स एण्ड पिपुल ।’ अर्को अर्थ छ, ’सम्थिङ द्याट इज इन्भेन्टेड अर अन्ट्रयु ।’ यति दुईवटा अर्थ बुझिसक्दा थाहा लाग्छ कि ’फिक्सन’ भनेको काल्पनिकी हो । यथार्थ होइन । कोरा कल्पनाको विषय भएपछि फिक्सनमा फ्रेमिङ र मार्ग दर्शनको कुरै भएन । हरेक मानिसले आफ्नै तरिकाले कल्पना गर्न सक्छ । आफ्नो कल्पनाशक्ति र सामथ्र्यका आधारमा मान्छेको कल्पना फरक हुने नै भयो ।
तर, नेपालमा मान्छे हैरान हुनेगरी केही मिडिया–म्यानले अमुक व्यक्तिलाई ‘फिक्सन डिजाइनर’को उपाधि दिन्छन् । अरुले त्यसैको वाहवाही गर्छन् । आम मान्छेहरुको कल्पनाशक्ति र साहित्यकारको कल्पनाशीलताको डिजाइन दिने मान्छे नेपालमा ज्युँदै छन् भन्ने बुझेपछि बाहिरका विद्वानहरुले हाम्रो कुरीकुरी गर्लान् कि तारिफ ? नेपालमा यस्ता बेतुकका विषयमा हेडलाइन बन्छन् भन्ने थाहा पाउँदा अन्तर्राष्ट्रिय जगतमा ख्याति पाएका विद्वानहरुलाई कति काउकुती लाग्दो हो ?
यसप्रकार हाम्रा मिडियाहरु अर्थ र अनर्थ जेजे भएपनि त्यसलाई सर्वसाधारणमाथि थोपर्न उद्यत छन् । शब्द वा शब्दावली प्रयोगको अर्थ, सन्दर्भ र पृष्ठभूमि एक किसिमको हुन्छ । हाम्रो प्रस्तुति अर्कै हुन्छ ।
यसबाट सञ्चारकर्मीहरुले पढ्दैनन्, हावाको तालमा काम गर्छन् भन्ने अनुमान गर्न गाह्रो पर्दैन । राजनीतिक वा अन्य कुनै स्वार्थ र पूर्वाग्रहका आधारमा कन्टेन्टलाई महत्व दिन्छन् भन्ने आरोप लगाउनेहरुलाई नै बल पुग्छ ।
जब सञ्चारकर्मीले नै दुनियाँमा कतै प्रयोग नहुने, सारा संसारले अर्कै अर्थमा प्रयोग गरिरहेको शब्दलाई अर्कै सन्दर्भमा थोपर्दै बौद्धिकताको प्रदर्शन गर्छन् र बौद्धिक भनिनेहरुले त्यसैमा अर्थहीन बहसको खेती गर्छन् भने आरोपित गर्नेलाई सजिलो हुने नै भयो । मिडिया हाउसहरुमा काम गर्ने सम्पादक, प्रुफ रिडरहरुको क्षमतामाथि औंला उठ्ने नै भयो ।
एकसे एक ’पपुलर’ र ’पावरफुल’ मिडिया हाउसका प्रिय सम्पादकहरु, उडन्ते तर्क र औचित्यहीन विषयमा अनावश्यक बहसको सिर्जना भइ समाज नै दिग्भ्रमित हुने परिस्थिति निर्माण हुन नदिन सजग हुनुपर्ने समय आएन र ? कतै यस्ता अनावश्यक विषय र बहसको भेलले आफैलाई नबगाओस् ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...