×

NMB BANK
NIC ASIA

रक्सौल–काठमाडौंं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन शुरु

जेठ २६, २०७५

NTC
Premier Steels

काठमाडौं, २६ जेठ– काठमाडौंलाई भारतको सीमावर्ती सहर रक्सौलसँग जोड्ने गरी प्रस्ताव गरिएको रक्सौल–काठमाडौंँ रेलमार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन शुरु भएको छ । नेपालका रेल विभाग र भारतीय रेल्वेका कन्सलटेन्ट तथा इन्जिनियरहरूले शुक्रबारदेखि प्रस्तावित रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । 

Muktinath Bank

रेल विभागका प्रवक्ता इन्जिनियर प्रकाशभक्त उपाध्यायले नेपाल र भारतका इन्जिनियरहरूको संयुक्त टोलीले शुक्रबारदेखि रक्सौल–काठमाडौंँ रेलमार्ग निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेको जानकारी दिनुभयो ।
उक्त प्रस्तावित रेलमार्गको सम्भाव्यता अध्ययनका लागि भारतीय रेल्वेका इन्जिनियरहरूको सात सदस्यीय टोली नेपाल आएको जानकारी दिंदै उहाँले सम्भाव्यता अध्ययनको समयसीमा नतोकिए पनि अबको छ महिनाभित्र सम्भाव्यता अध्ययन सकिने लक्ष्य लिएको बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्भाव्यता अध्ययनको यो कार्य प्रारम्भसँगै रेलवे विभागले कम्पनी छनौट कार्य रद्द गरेको छ । यसअघि रेल्वे विभागले सम्भाव्यता अध्ययनका लागि कम्पनी छनौट प्रक्रिया सुरु गरी अन्तिम चरणमा पु¥याएको थियो । भारत सरकारको सम्पूर्ण खर्चमा सम्भाव्यता अध्ययन हुने भनिएको छ । 


Advertisment
Nabil box
Kumari

यस वर्षको चैतमा सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा यो विद्युतीय रेलमार्ग निर्माणका लागि नेपाल र भारतबीच सहमति भएको थियो । प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्ताका क्रममा उक्त सहमति भएको भारतीय विदेश मन्त्रालयद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको थियो । 

Vianet communication

“यो रेलमार्ग निर्माणका लागि भारतले आर्थिक सहयोग गर्नेछ, रेलमार्ग निर्माणका लागि दुई देशबीच समझदारी भएको छ । यो रेलमार्गको सर्भे भारत सरकारले नेपाल सरकारसँगको सहकार्यमा एक वर्ष्भित्रमा पूरा गरिनेछ” जारी प्रेस विज्ञप्तिमा उल्लेख थियो । 

सहमति अनुसार, पहिलो चरणमा भारतको आर्थिक सहयोग र नेपाल सरकारसँगको सहकार्यमा एक वर्षभित्र प्रारम्भिक सर्वेक्षण कार्य सम्पन्न गरिने छ भने त्यसपछि आर्थिक ‘मोडालिटी’ बारे दुई मुलुकबीच समझदारी गरेर रेलमार्गको यो परियोजना सम्पन्न गरिने छ । 

प्रधानमन्त्री ओलीले संसद्लाई सम्बोधन गर्नुहुँदै मुलुकको समृद्धि र विकाससँग जोडिएको काठमाडौँ–रक्सौल रेलमार्गको सम्पूर्ण निर्माण कार्य अबको पाँच वर्ष्भित्र सम्पन्न हुने बताउनुभएको थियो । यो रेलमार्ग निर्माणका लागि नेपाल र भारतको संयुक्त कार्यदलले छिट्टै नै अध्ययनको थालनी गर्ने जानकारी समेत उहाँले गराउनुभएको थियो । 

सम्भाव्यता अध्ययनपछि यस रेलमार्ग निर्माणको लागि बृहत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको प्रक्रिया अगाडि बढाइने बताउनुहुँदै प्रवक्ता उपाध्यायले अबको दुई वर्षपछि निर्माण कार्य सुरु गरिने लक्ष्य रहेको जानकारी दिनुभयो । सम्भाव्यता अध्ययनपछि यस रेलमार्गको ‘फन्डिङ मोडालिटी’ तय गरिने जानकारी उहाँले दिनुभयो । 

नेपाल–भारत–चीन जोड्ने त्रिदेशीय महत्वको प्रस्तावित यो रेलमार्गको लम्बाई करिब ११३ किलोमिटर हुने अनुमान गरिएको छ । प्रस्तावित केरुङ–काठमाडौं रेलमार्ग र रक्सौल–काठमाडौँ रेलमार्गलाई काठमाडौँमा जोडिने लक्ष्य लिइएको छ । रक्सौलबाट वीरगञ्ज, निजगढ हुँदै वागमती किनारसँगै काठमाडौंसम्म पुग्ने प्रस्तावित यो रेलमार्गमा करिब २० प्रतिशत सुरुङ र पुल मार्ग निर्माण गर्नुपर्ने रेल विभागले जनाएको छ ।

भू–बनोटका दृष्टिकोणले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गभन्दा रक्सौल–काठमाडौँ रेलमार्गको निर्माण सहज देखिएको रेल विभागले जनाएको छ । 

संयुक्त राष्ट्र«सङ्घको ‘युनाइटेड नेसन इकोनोमिक एन्ड सोसल कमिसन फर द एसिया एन्ड द प्यासिफिक’ ले सन् २००६ मा कोेरियाको बुसानमा आयोजना गरेको सम्मेलनमा नेपालले ट्रान्स एसियन रेल्वे नेटवर्कको सदस्यता प्राप्त गरेको थियो । त्यसपछि सदस्यता प्राप्त गरेको छ बर्षपछि सन् २०१२ मा व्यवस्थापिका संसद्ले अनुमोदन गरेको थियो।, गोरखापत्रमा खबर छ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x