विश्वकपमा सबैभन्दा धेरै खेलाडी सहभागी गराउने क्लब म्यान्चेस्टर सिटी, कुन क्लबका कति ?

Photo : Bleacher Report Football
जेठ २७, २०७५

काठमाडौं, २७ जेठ -विश्वकप फूटबल प्रतियोगिता यसै साताबाट रुसमा शुरु हुँदैछ । आगामी बिहीवारबाट शुरु हुने विश्वकपमा सहभागी हुन टीमहरू रुस पुग्ने क्रम शुरु भइसकेको छ ।

अधिकांश समय विभिन्न क्लबबाट खेल्ने खेलाडीहरू अहिले देशका लागि खेल्न रुस उडेका छन् ।


एउटै क्लबका खेलाडीहरू विभिन्न देशबाट खेल्दैछन् ।

इंग्लिस च्याम्पियन म्यान्चेस्टर सिटीका सबैभन्दा धेरै खेलाडी रुस विश्वकपमा सहभागी हुँदैछन् ।

सिटीका सर्जियो एग्युरो (अर्जेन्टिना), केभिन डिब्रुएन (बेल्जियम), डेभिड सिल्भा (स्पेन), ग्याब्रिएल जिसस (ब्राजिल), बर्नाडो सिल्भा (पोर्चुगल), बेञ्जामिन मेन्दी (फ्रान्स), रहिम स्ट्रलिङ (इंग्ल्याण्ड)लगायत १६ खेलाडी विश्वकपमा सहभागी छन् ।

सिटीपछि रियल मड्रिडका १५ र बार्सिलोनाका १४ खेलाडी विश्वकप खेल्न रुस पुग्दैछन् ।

विश्वकपमा १० भन्दा धेरै खेलाडी सहभागी भएका क्लबहरू :

म्यान्चेस्टर सिटी - १६
रियल मड्रिड - १५
बार्सिलोना - १४
पेरिस सेन्ट जर्मेन - १२
म्यान्चेस्टर युनाइडेड - १२
टोटनह्याम हट्सपर - १२
चेल्सी - १२
बार्यन म्युनिख - 11
युभेन्टस - ११

जेठ २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार