×

NMB BANK
NIC ASIA

रोनाल्डोका बारेमा रमाइला कुरा थाहा पाइराख्नुस्

जेठ २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २७ जेठ – फिफा विश्वकपमा पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि धेरैको नजर छ । उनी म्याच विनर साबित हुन सक्छन् । 

अहिले ३३ वर्ष पुगेका रोनाल्डोको यो नै शायद अन्तिम विश्वकप हुन सक्छ । 

रोनाल्डोको खेल स्कूल दिनदेखि नै राम्रो थियो । उनको तीव्र गतिले सबैलाई हायलकायल पारेको थियो । स्कूलमा खेलिने खेलमा रोनाल्डो त सजिलै गोल गरिदिन्थे तर उनका साथी खेलाडीले सक्दैनथिए । अनि उनी रुन थाल्थे । त्यसैले उनलाई मानिसहरूले क्राई बेबी भन्न थाले । क्लबका केही खेलमा हारेपछि पनि उनी रोएको देखिएकै हो । 

रोनाल्डोको तुलना अर्का महान् खेलाडी लियोनेल मेस्सीसँग हुने गर्छ । उनीहरू दुईजना स्ट्राइकर हुन् र दुवै मध्यमवर्गीय परिवारबाट आएका हुन् । रोनाल्डो मेस्सीभन्दा दुई वर्ष जेठा छन् । उनी सन् १९८५ को ५ फेब्रुअरीमा जन्मेका हुन् भने मेस्सीको जन्मदिन २४ जुन १९८७ हो । उनीहरूबीच ८६९ दिनको अन्तर छ । रोनाल्डोका छोरा रोनाल्डो जुनियर र मेस्सीका छोरा थियागोको जन्ममा पनि ८६९ दिनकै अन्तर छ । 

रोनाल्डोका पिता जोस डिनिस एभिएरो अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनबाट अत्यधिक प्रभावित थिए । त्यसैले उनले कान्छो छोराको नाम क्रिस्टियानो रोनाल्डो डोस सान्तोस एभिएरो राखे । 

रोनाल्डो ७ नम्बरको जर्सीले चिनिन्छन् । तर त्यो उनको पहिलो प्रेम थिएन । खासमा सन् २००२–०३ मा रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा २८ नम्बरको जर्सी मागेका थिए तर उनलाई ७ नम्बरको जर्सी दिइयो । अहिले उनी त्यसैबाट प्रसिद्ध छन् । 

रोनाल्डोका पिता अत्यधिक रक्सी पिउँथे । त्यसैले गर्दा उनको मृत्यु भयो । रोनाल्डो रक्सीलाई घृणा गर्छन् । रक्सी पिएर फिटनेस बिगार्ने पक्षमा उनी छैनन् । 

रोनाल्डोको शरीरमा जम्मा १० प्रतिशत फ्याट छ । नर्मल क्याटवाक गर्ने मोडलहरूको शरीरमा पनि १३.८ प्रतिशत फ्याट त हुन्छ । 

रोनाल्डोको वार्षिक कमाइ एक अर्ब रुपैयाँभन्दा बढी छ । उनी सर्वाधिक कमाइ गर्ने खेलाडीमा बक्सर मेवेदर र फूटबलर मेस्सीपछि चौथो नम्बरमा छन् ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असार ४, २०७५

काठमाडौं, ४ असार - फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ । समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x