×

NMB BANK
NIC ASIA

छुट्टिए ट्रम्प–किम : अब छिट्टै अमेरिकाको ह्वाइट हाउसमा भेट होला ?

जेठ २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २९ जेठ – १२ जुनको वार्ताको परिणाम के आउला भन्ने विश्वको व्यग्र प्रतिक्षाको घडी अन्ततः आज बिहान सुखद अन्त्यमा टुंगिएको छ । कोरियाली प्रायद्वीप र लगभग विश्व नै आजको बैठकले कुन रुप लेला भन्ने प्रतिक्षामा बसेको थियो । तर, आज बिहानको पहिलो बैठकमै उत्तर कोरियाली नेता किम जोङ् उन आणविक निशस्त्रीकरणमा सहमत भएपछि त्यो प्रतिक्षाको अन्त्य सुखद हुन पुगेको हो ।

Muktinath Bank

अमेरिका र लगभग विश्वले नै कडा मिजासका दुवै नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम पहिलो वार्तामा कसरी प्रस्तुत हुन्छन् ? त्यसैमा वार्ताको भविष्य निर्भर रहन्छ भन्दै परिणामको पर्खाइमा थिए । जब दुवै नेताले पृष्ठभूमिमा राखिएका दुवै देशका झण्डाको अघि उभिएर हात मिलाए र मुस्कुराए । तब दुवैको ‘बोडी ल्याङ्ग्वेज’ (शारीरिक भाषा) ले केही बोलिसकेको थियो । केही क्षणको एक्लाएक्लै वार्तापछि समाचार पनि सकारात्मक नै बाहिर आयो । अमेरिकाले भन्ने गरेको निशस्त्रीकरणको मागमा उत्तर कोरिया सहमत भयो र अमेरिकाले पनि यसलाई सकारात्मक रुपमा लियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यससम्बन्धी महत्वपूर्ण दस्तावेजमा दुवै नेताले हस्ताक्षर गरे । ४ बुँदै सो दस्तावेज वास्तवमै ऐतिहासिक र महत्वपूर्ण रहेको बताइएको छ । उक्त दस्तावेजमा उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको कुरामा प्रतिवद्धता जनाउनु महत्वपूर्ण हो । अभूतपूर्व वार्ता गरेपछि उक्त संयुक्त सहमतिपत्रमा दुवैले हस्ताक्षर गरे । त्यस क्षणलाई राष्ट्रपति ट्रम्पले नै एक अभूतपूर्व क्षण भनेका छन् । राष्ट्रपति ट्रम्पले केहीबेरअघि भएको वार्ताबाट महत्वपूर्ण उपलब्धि हासिल भएको र यसबाट आफूले निकै गर्वको अनुभूति गरेको बताए ।


Advertisment
Nabil box
Kumari

एक्लाएक्लै वार्तामा नै नेता किमले अब २ देशबीचमा नयाँ सम्बन्धको अध्यायको सुरुआत भएको र विगतका कुरा बिर्सिएको भनी दिएको तर्कबाट नै राष्ट्रपति ट्रम्प प्रभावित भएका थिए । त्यसलगत्तै संवाददातालाई राष्ट्रपति ट्रम्पले अब अमेरिका र कोरियाली प्रायद्वीपबीचको सम्बन्ध पनि भिन्न रुपमा अघि बढ्ने बताए । अमेरिकी राष्ट्रपतिको यो अभिव्यक्तिलाई कोरियाली सञ्चारले भने बडो महत्वका साथ प्रचार गरेका छन् । उनीहरूले अमेरिकाले उत्तर कोरियाली नेताको प्रस्ताव स्वीकार गरेको भन्ने अर्थमा प्रचारमा ल्याएका थिए । दुवै पक्षले इतिहासमै विशेष सम्बन्धको विकास गरेको भनेर खुसी पनि व्यक्त गरेका छन् । 

Vianet communication
Laxmi Bank

यति मात्र होइन कि उत्तरका नेता किमले बैठक ऐतिहासिक र महत्वपूर्ण भएकोले आगामी केही समयमै विश्वले नै ठूलो र सकारात्मक परिवर्तन देख्नसक्ने धारणा राखे । उता, अमेरिकी राष्ट्रपतिले पनि आफूहरू अब छिट्टै ह्वाइट हाउसमा भेट्ने प्रतिक्रिया दिए । ‘वार्तामा आफूले नसोचेको प्रगति भयो,’ उनले भने ।

संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाले पूर्णरुपमा प्रमाणिकरण गर्न सकिने खालको परमाणु निशस्त्रीकरणमा जोड दिएको थियो । उता, उत्तर कोरियाले पनि ठूलो खतरा मोल्दै यस अगावै आफ्ना परमाणु परीक्षणस्थल भत्काएको थियो । उत्तरले वार्ताको वातावरण त उहिलेदेखि नै निर्माण गर्दै आएको थियो । तर, पनि यी २ नेताको स्वभाव र प्रकृतिका कारण वार्ताको टेबलमै बसेपछि मात्र विश्वास लाग्ने भनाइ विदेशी समुदायको थियो ।

वार्ताका लागि राष्ट्रपति ट्रम्पले आफैंले खतरा मोलेको भनाइ छ अधिकांशको । उनले नै सत्तामा आएपछि पहिलेको तुलनामा झन् कडारुपमा नाकाबन्दी लगाएका थिए । त्यति मात्र नभएर उनले उत्तरका विरुद्धमा सैन्य कारबाही गर्न समेत एसियाका नेताहरूको सहमतिका लागि एसिया भ्रमणमा निस्किए । अमेरिकी अधिकारी पनि राष्ट्रपतिले अनावश्यक मानिससँग वार्ताको खतरा मोलेको बताएका थिए । तर, उनी कम्तीमा १ पटक वार्ताको टेबलमा बस्ने अडानमा रहे र आज त्यो सफल पनि भयो ।

अर्कातर्फ उत्तर कोरियाली नेता किमका लागि भने यो निकै ठूलो अवसर बन्न पुगेको छ । ६ महिना अघिसम्म एकअर्कालाई सिध्याइदिने भन्नेजस्तो अवस्था रहेकोमा अमेरिकी राष्ट्रपतिसँग एउटै दस्तावेजमा सही गर्न पाउने र एक्लाएक्लै वार्तामा बस्न पाउने पनि ठूलो अवसर भएको भनाइ छ । यसबाट आफ्नो देशमाथि लागेका सबै प्रकारका नाकाबन्दी हट्ने अपेक्षा उत्तरले गरेको छ ।

यस वार्ताको सफलताबाट विश्वले गरेको अपेक्षा हो शान्ति र एकता । त्यो शान्ति उत्तर कोरियाले पालना गर्ने निशस्त्रीकरणबाट सुरु हुन्छ, जुन प्रतिवद्धतामा उसले हस्ताक्षर गरेको छ । कोरियाली प्रायद्वीपमा आणविक परीक्षणमात्र रोकिँदा, अमेरिका र उत्तर कोरियाबीच हतियारको होडका अभिव्यक्ति नआउँदा मात्र पनि विश्वमा शान्तिको स्थापना हुने अपेक्षा छ । 

त्यस्तै, विश्वले चाहेको एकता २ कोरियाबीचको एकता हो । सन् १९५३ मा अनायासै एउटै कोरियाका नागरिक विभाजन भएपछि आजका दिनसम्म जुन पीडा उनीहरुले भोगेका छन् । त्यसले समय समयमा विश्वकै नागरिकलाई पनि बडो स्तब्ध गराउने गर्छ । यी कोरियाको पारिवारिक पुनर्मिलनमा देखापर्ने दृश्यहरुले सबैको ध्यान तान्ने गर्दछ । त्यसैले यो वार्ताको सफलतापछिको विश्वको अपेक्षा यी २ देशबीचको एकता पनि हो ।

निशस्त्रीकरणमा प्रतिबद्धता छौं : किम

यसैबीच, उत्तर कोरियाली नेता किम जोङ उनले सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको शिखर वार्ताको क्रममा कोरियाली प्रायद्वीपलाई पूर्णनिशस्त्रीकरण गर्ने विषयमा प्रतिबद्धता जारी गरेका छन् । 

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको एक सम्झौतामा कोरियाली प्रायःद्वीपमा नै पूर्णनिशस्त्रीकरण गर्ने सहमतिसहित हस्ताक्षर गरेका छन् । २ नेताले सिंगापुरमा भएको वार्तापछि एक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । यस वार्तापछि गर्वको अनुभव भएको ट्रम्पले बताएका छन् ।

अमेरिकाले उत्तरकोरियाको पूर्ण, प्रमाणिकरण गर्न सकिने र उल्टाउन नसकिने प्रकृतिको परमाणु निशस्त्रीकरणका लागि जोड दिँदै आएको थियो ।

ह्वाइट हाउसमा फेरि भेट्छौं : ट्रम्प  

यसै वार्ताबाट प्रभावित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतालाई फेरि भेट्ने वचन दिएका छन् । सिंगापुरमा भएको ऐतिहासिक शिखर सम्मेलनपछि राष्ट्रपति ट्रम्पले नेता किमलाई ह्वाइट हाउसमा भेट्ने वचन दिए ।

ट्रम्पले सम्झौता हस्ताक्षर समारोह समापनपछि ‘हामी फेरि भेट्छौं, सम्भवत हामी ह्वाइट हाउसमै भेट्छौं’ भने । २ नेताबीच भएको पहिलो भेटघाटबाट अत्यन्त प्रसन्न भएका ट्रम्प उत्तर कोरियाली नेतासँग बारम्बार भेट गर्ने पनि बताए । एकराज पाठक, मोहिनी मिश्र रिसाल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x