नयाँ शक्ति पार्टीको कार्यक्रममा ९१ किलोको केक !

जेठ ३०, २०७५

काठमाडौं, ३० जेठ–नयाँ शक्ति पार्टीले दोस्रो स्थापना दिवसको अवसर पारेर युवाहरुको भेला आयोजना गरेको छ । 

राजधानीको एक पार्टी प्यालेसमा आयोजना गरिएको भेलामा पार्टी स्थापना दिवसको अवसर पारेर केक काटिएको छ । 


२०० सय पाउण्ड( करिब ९१ किलो ) को केट काटेर कार्यक्रम शुरु गरिएको हो । 

पार्टी स्थापनाको अवसर पारेर  नेपाली राजनीतिक दलहरुले काटेको सम्भवतः यो सबैभन्दा ठूलो केक हो । 

केक कार्यक्रममा सहभागीहरुलाई बाँडिएको छ ।
 

जेठ ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार