मदिरा सेवन गर्दा भएको कुटपिटमा एकजनाको मृत्यु

जेठ ३०, २०७५

राजविराज, ३० जेठ - राजविराज नगरपालिका–९ स्थित मलेठमा कुटपिटबाट बुधबार एक व्यक्तिको मृत्यु भएको छ । 

मृत्यु हुने हनुमाननगर कंकालनी नगरपालिका–९ बस्ने ३० वर्षीय दीपेन्द्र मण्डल हुन् । सप्तरीका प्रहरी नायब उपरीक्षक भोवेश रिमालका अनुसार अत्यधिक मदिरा सेवन गरेका मण्डलको राजविराज नगरपालिका–९ स्थित ससुराली गएको बेला विवाद भएर हात हालाहाल हुँदा मृत्यु भएको हो । 


ADVERTISEMENT

मण्डललाई कसले, किन हत्या गरेकोे भन्ने खुल्न सकेको छैन । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । 

यसैबीच कुटपिटमा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जेठ ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार